कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार « Khabarhub

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९  सङ्क्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

उनले विज्ञप्ति जारी गर्दै ३६ दिनको अस्पताल बसाइ र १६ दिनको घर बसाइपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि अझै लगातार बोल्न र हिड्न कठिन रहेको जानकारी गराएका छन् ।

कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्यमा समस्या आएपछि उनी गत कात्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन जटिल भएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए ।

नेता विश्वकर्माले आफ्नो स्वास्थ्य उपचारमा संलग्न, सहयोग र चिन्ता व्यक्त गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, कांग्रेसका नेता कार्यकर्ता, मन्त्री, विभिन्न दलका नेतालगायत शुभेच्छुक सबैमा आभार व्यक्त गरेका छन् ।

साथै सरकारले थप उपचारका लागि गरेको प्रयास र योगदानले आफूलाई भावुक बनाएको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ६ : ४७ बजे

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले आज पदको सपथ लिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय