लागुऔषध मुद्दाका दोषी श्रेष्ठ जेल चलान « Khabarhub

लागुऔषध मुद्दाका दोषी श्रेष्ठ जेल चलान


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध मुद्दामा कैद सजायको फैसला भई फरार एक व्यक्तिलाई आज जेल चलान गरिएको छ ।

उच्च अदालत पाटनको विसं २०६३ को फैसलाले पाँच वर्ष कैद र रु पाँच हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएका काठमाडौँ महानगरपालिका–१६ बस्ने कृष्णभक्त श्रेष्ठलाई आज जेल चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोको टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा आजै अदालतले जेल चलान गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

पछिल्लो समयमा ब्यूरोले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोज तलासलाई तीव्रता दिएको छ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : २७ बजे

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं- भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन