लागुऔषध मुद्दाका दोषी श्रेष्ठ जेल चलान « Khabarhub

लागुऔषध मुद्दाका दोषी श्रेष्ठ जेल चलान


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध मुद्दामा कैद सजायको फैसला भई फरार एक व्यक्तिलाई आज जेल चलान गरिएको छ ।

उच्च अदालत पाटनको विसं २०६३ को फैसलाले पाँच वर्ष कैद र रु पाँच हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएका काठमाडौँ महानगरपालिका–१६ बस्ने कृष्णभक्त श्रेष्ठलाई आज जेल चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोको टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा आजै अदालतले जेल चलान गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

पछिल्लो समयमा ब्यूरोले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोज तलासलाई तीव्रता दिएको छ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ८ : २७ बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ