फ्रान्सका राष्ट्रपतिलाई कोरोना, अन्य नेताहरु पनि आइसोलेसनमा « Khabarhub

फ्रान्सका राष्ट्रपतिलाई कोरोना, अन्य नेताहरु पनि आइसोलेसनमा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

उनलाई कोरोना सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि सङ्क्रमित भएको आशङ्कापछि उनीहरूलाई सार्वजनिक कार्यक्रममा सहभागी नगर्न र अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहन र परीक्षण गर्न सुझाब दिइएको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरुको सूचीमा पनि उनको नाम थपिएको छ ।

यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई पनि कोरोनाभाइरसले सङ्क्रमित बनाएको थियो ।

राष्ट्रपति म्याक्रोँलाई लक्षणका आधारमा शङ्का लागेपछि परीक्षण गरिएकोमा सङ्क्रमण देखिएको हो । उनी अब कम्तीमा सात दिन “सेल्फ आइसोलेसन”मा बस्ने बताइएको छ ।

फ्रान्समा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि कम्तीमा सात दिन सेल्फ आइसोलेसनमा बस्नु पर्ने नियम रहेको छ ।

उनले सङ्क्रमण पुष्टि भएर सेल्फ आइसोलेसनमा बसेपनि आफ्नो कामलाई निरन्तरता दिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

म्याक्रोँ गत हप्ता पेरिसमै आयोजना गरिएको युरोपेली सम्मेलनमा पनि सहभागी भएका थिए । आर्थिक सहकार्य तथा विकासका लागि संगठन (ओइसीडी)द्वारा आयोजित सो सम्मेलनमा सहभागी अन्य नेताहरु पनि सङ्क्रमित भएको आशङ्का गरिएको छ ।

सम्मेलनको अध्यक्षता गर्नु भएका युरोपेली परिषद्का अध्यक्ष चार्स मिसेल पनि सङ्क्रमितसँग कार्यक्रममा रहेकोले उनले पनि अन्य व्यक्तिबाट अलग बसेको उनको प्रवक्ताले जानकारी दिएका छन् ।

त्यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र एन्टेनियो कोस्टा पनि क्वारेन्टीनमा बसेको उनको कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

म्याक्रोँसँग सम्पर्कमा भएकै कारणले फ्रान्सकै प्रधानमन्त्री जाँ कास्टेक्स र सभामुख रिचार्ड फरान्ड पनि सेल्फ आइसोलेसनमा छन् । उनीहरूलाई सङ्क्रमणको कुनै लक्षण भने देखिएको छैन ।

म्याक्रोँकी श्रीमतीलाई समेत कुनै लक्षण नदेखिएपनि सेल्फ आइसोलेसनमा राखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सङ्क्रमण भएको थाहा पाएपछि विभिन्न देशका नेताहरुले उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

फ्रान्समा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म ५९ हजार ३०० भन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ७ : २१ बजे

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत