लिबियामा नेपाली शान्ति सैनिकको उच्च प्रशंसा « Khabarhub

लिबियामा नेपाली शान्ति सैनिकको उच्च प्रशंसा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिबियामा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको राष्ट्र सङ्घलगायत त्यहाँका सरकारी निकायले उच्च प्रशंसा गरेका छन् ।

कोभिड–१९ को विषम परिस्थितिमा पनि नेपाली सेनाले स्वास्थ्य सुरक्षा, उपचार तथा राष्ट्रसङ्घसँग सम्बन्धित निकायहरुसँग सुमधुर सम्बन्ध कायम गर्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सम्पूर्ण फौजको उच्च सम्मानसहित ‘मिशन लिबिया’का प्रमुख तथा लिबियास्थित संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधिहरुले प्रशंसापत्र प्रदान गरेका हुन् ।

कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गरेका सेनानी मोहनकाजी श्रेष्ठ र जमदार थिरप्रसाद गौतमप्रति उनीहरुले हार्दिक श्रद्धाञ्जलि एवं शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको नेपाली सेनाले आज जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ९ : ४० बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा