‘ऐना’मार्फत प्रस्तोता बन्दै कांग्रेस प्रवक्ता शर्मा « Khabarhub

‘ऐना’मार्फत प्रस्तोता बन्दै कांग्रेस प्रवक्ता शर्मा


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अब टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा देखिने भएका छन् ।

प्रवक्ता शर्मा कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार प्रशारण हुने कार्यक्रम ‘ऐना’मार्फत टेलिभिजन प्रस्तोता बन्न लागेका हुन् ।

प्रवक्ता शर्माका अनुसार कार्यक्रम ‘ऐना’ आगामी माघ ७ गतेदेखि हरेक बुधबार कान्तिपुर टेलिभिजनमार्फत् प्रसारण हुनेछ । कार्यक्रम २६ वटा एपिसोडसम्म प्रसारण हुनेछ ।

प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा आफूले कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिँदै विद्रोही कवि रमाशंकरको भाव समेट्दै लेखेका छन्,‘इतिहासमा ती प्रथम महिलाको को थिइन्, जसलाई सबैभन्दा पहिला जिउँदैं जलाइयो ? तिनी जो भए पनि मेरी आमा थिइन् होला, भविष्यमा अन्तिम महिला को हुनेछिन्, जसलाई सबैभन्दा अन्तिममा जलाइनेछ ? तिनी सायद मेरी छोरी हुनेछिन् । म यो हुन दिन्नँ ।’

होराइजन मल्टी मिडियाको निर्माणमा बन्न लागेको कार्यक्रम ‘ऐना’मा बोक्सी प्रथा, बलात्कार, जातीय विभेद, चेलीबेटी बेचविखन, बालश्रम, दाइजो, छाउपडी, घरेलु हिंसा लगायतका सामाजिक कुरीतिका विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

शर्माले राजनीति एकातिर रहेको र अर्कातिर सामाजिक चेतनाका लागि आफू कार्यक्रम सञ्चालक बन्न लागेको बताए ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : ०० बजे

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक उम्मेदवारको विवरण अपूरो

काठमाडौं – निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको उम्मेदवारको सूचीमा

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ