म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले इन्टर मिलानमा प्रस्थान « Khabarhub

म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले इन्टर मिलानमा प्रस्थान


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले योङ इटालियन क्लब इन्टर मिलानमा प्रस्थान गरेका छन् । इन्टरले योङलाई ६ महिनाको लागि १.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।

इंग्ल्यान्डका पुर्व ३४ बर्षे डिफेन्डर योङले यसअघि पनि इन्टर मिलान जान इच्छुक रहेको बताउँदै आएका थिए । सोही कारण योङ पछिल्ला तीन खेलमा मैदान उत्रिएका थिएनन् । योङ इन्टर पुगेसँगै युनाइटेडले ह्यारी मगाएरलाई युनाइटेडको नयाँ कप्तान चुनेको छ ।

उनी शुक्रबार इन्टर मिलानमा पुगेका छन् । उनको शुरुमा मेडिकल परीक्षण हुनेछ । त्यसपछि मात्रै सम्झौता हुने बुझिएको छ ।

योङले म्यानचेस्टर युनाइटेडले मौका दिएको र विभिन्न ट्रफीहरु जित्दाको क्षण अविस्मरणीय रहेको भन्दै साढे आठ वर्षमा युनाइटेडको कप्तानसहित कथाको अंश बन्न मौका दिएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले युनाइटेडका समर्थकहरुलाई समेत धन्यवाद दिदै फेरि पनि भेट्न सकिने बाँचा गरेका छन् ।

२०११ मा एस्टन भिल्लाबाट युनाइटेडमा पुगेका थिए । उनले त्यहाँ झन्डै ९ बर्ष बिताए । उनले यो सिजन युनाइटेडको कप्तानी गर्दै १० खेले । युनाइटेडमा झन्डै ९ वर्ष रहँदा योङले २ सय ६१ खेल खेले । योङले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट ३९ क्यास जितेका छन् । युनाइटेडले प्रिमियर लिग, एफए कप, लिग कप र युरोपा कपको उपाधि हात पार्दा योङ टिमका महत्वपुर्ण सदस्य थिए ।

इन्टरले गत अगष्टमा मात्रै बेल्जियन रोमेलु लुकाकुलाई युनाइटेडबाट क्लबमा अनुबन्ध गरेको थियो । लुकाकुले त्यहाँ उच्च प्रदर्शन गरिरहेका छन् । इन्टर सिरी ‘ए’को शीर्षस्थानको युभेन्ट्स भन्दा मात्र दुई अंकले पछि छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : २६ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल