एमएम राष्ट्रिय क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्दै « Khabarhub

एमएम राष्ट्रिय क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्दै


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनमोहन मेमोरियल एक दिवसीय (एमएम) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । उपाधीका लागि दुई विभागीय टोली नेपाल पुलिस र आर्मी भिड्दै छन् ।

बिहीबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लब विजयी हुँदै फाइनलमा पुग्दा आर्मीले प्रदेश तीनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो ।

आर्मीले समूह चरणमा एपीएएफलाई १०८ रनले पराजित गरेको थियो भने अर्को खेलमा आयोजक मदनभण्डारी स्पोर्टस क्बलाई १० विकेटले पाखा लगाएको थियो । सेमिफाइनलमा भने आर्मीले प्रदेश तीनलाई ६४ रनले पराजित गर्दै फाइनलमा पुग्यो ।

यस्तै अर्को फाइनल पुगेको टिम नेपाल पुलिस क्लबले समूह चरणमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो भने अर्को खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

सेमिफाइनलमा सुदूरपश्चिमलाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । पुलिस मञ्जीत श्रेष्ठको कप्तानीमा रहेको छ भने आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ ।

पुलिसको टिममा मञ्जीतसँगै सुनिल धमला, अमित श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, अनिल साह, पवन शर्राफ, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, ललित भण्डारी, सागर ढकाल र ललितनारायण राजबंशी रहेका छन् ।

आर्मीको टिममा विनोद भण्डारीसँगै हरिशंकर झा, अनिल मण्डल, हरिबहादुर चौहान, रोहित पौडेल, राजेश पुलामी, भीम शार्की, कुशल मल्ल, बिक्रम सोब, शुसन भारी र सहाब आलम छन् ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : ४२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५