एमएम राष्ट्रिय क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्दै « Khabarhub

एमएम राष्ट्रिय क्रिकेटको उपाधिका लागि आर्मी र पुलिस भिड्दै


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनमोहन मेमोरियल एक दिवसीय (एमएम) राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । उपाधीका लागि दुई विभागीय टोली नेपाल पुलिस र आर्मी भिड्दै छन् ।

बिहीबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लब विजयी हुँदै फाइनलमा पुग्दा आर्मीले प्रदेश तीनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो ।

आर्मीले समूह चरणमा एपीएएफलाई १०८ रनले पराजित गरेको थियो भने अर्को खेलमा आयोजक मदनभण्डारी स्पोर्टस क्बलाई १० विकेटले पाखा लगाएको थियो । सेमिफाइनलमा भने आर्मीले प्रदेश तीनलाई ६४ रनले पराजित गर्दै फाइनलमा पुग्यो ।

यस्तै अर्को फाइनल पुगेको टिम नेपाल पुलिस क्लबले समूह चरणमा कर्णाली प्रदेशलाई २६७ रनले पराजित गरेको थियो भने अर्को खेलमा प्रदेश २ लाई ४६ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

सेमिफाइनलमा सुदूरपश्चिमलाई ९९ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । पुलिस मञ्जीत श्रेष्ठको कप्तानीमा रहेको छ भने आर्मी विनोद भण्डारीको कप्तानीमा खेलिरहेको छ ।

पुलिसको टिममा मञ्जीतसँगै सुनिल धमला, अमित श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, अनिल साह, पवन शर्राफ, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, ललित भण्डारी, सागर ढकाल र ललितनारायण राजबंशी रहेका छन् ।

आर्मीको टिममा विनोद भण्डारीसँगै हरिशंकर झा, अनिल मण्डल, हरिबहादुर चौहान, रोहित पौडेल, राजेश पुलामी, भीम शार्की, कुशल मल्ल, बिक्रम सोब, शुसन भारी र सहाब आलम छन् ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : ४२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४