शान्ति प्रक्रियाको काम टुंग्याउन नेताहरु छलफलमा « Khabarhub

शान्ति प्रक्रियाको काम टुंग्याउन नेताहरु छलफलमा


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शान्ति प्रक्रियाको काम टुंग्याउन आज (शनिबार) नेताहरु छलफलमा जुटेका छन् ।

शुक्रबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकारात्मक भएपछि शनिबार दुवै दलका नेताहरु छलफलमा जुटेका हुन् ।

नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेका लागि दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने विषयमा कुराकानी भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबिच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे छलफल भइरहेको बालुवाटर स्रोतले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका नेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सहभागी छन् ।

यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित नेताहरू मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् । द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ११ : ५५ बजे

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ