सुकौरा गाउँ नजिकैको ज‌ंगलमा मानव कंकाल फेला « Khabarhub

सुकौरा गाउँ नजिकैको ज‌ंगलमा मानव कंकाल फेला


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका १६ मा पर्ने सुकौरा गाउँ नजिकैको जंगलमा मानव कंकाल फेला परेको छ । धरापे गाउँबाट करिब दुईकिलोमिटर टाढाको जंगलमा मानव कंकाल फेला परेको हो।

बिहेका लागि पात टिप्न गएका गाउँलेहरुले जंगलमा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । कंकाल फेला परेको खबरपछि मुचुल्का उठाउन प्रहरी खटिएको छ।

शुक्रबार अबेर भएकाले शनिबार जिल्ला प्रहरी कार्यालयबाट टोली खटिगएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

प्रहरी चौकी सुकौराले शुक्रबार नै कंकाल रहेको स्थान हेरेर सुरक्षा निगरानीमा राखेको छ । जंगलबीचमा छागो खस्ने अप्ठेरो ठाउँमुनि कंकाल रहेको स्थानीयले बताएका छन्।

पुरुष वा महिला भन्ने कुरा प्रष्ट हुन नसकेको कंकाल दुईतीन महिना अघिको हुनसक्ने अनुमान स्थानीयको छ । त्यहाँ रहेका कपडाको आकलनले भने पुरुषकै हुनसक्ने अनुमान स्थानीयको छ।

कंकाल फेला परेको खबर लगत्तै घटनास्थल पुगेको सुकौरा प्रहरी चौकीले गाउँघरमा कोही हराएको छ कि भनेर सोधीखोजी गरिरहेको छ। तर हालसम्म कोही हराएको जानकारी नआएको जनाएको छ । टाढाकै मानिसको कंकाल हुनसक्ने अनुमान स्थानीयको छ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १२ : ५१ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल