राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता भएको थियो : अध्यक्ष थापा « Khabarhub

राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता भएको थियो : अध्यक्ष थापा


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा–राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् ।

राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन् ।”

अध्यक्ष थापाले नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएकाले सत्तारूढ दलका आन्तरिक विवादका कारण त्यसलाई अवरुद्ध गर्न नहुने उल्लेख गर्दै उक्त सम्झौता रद्द हुँदा हेटौँडा–भीमफेदीको सडक स्तरोन्नति, प्रदेश नं १ अन्तर्गत पर्ने चार आली फिदिम सडक निर्माणलगायत हेटौँडाको रातोमाटे हुँदै बुटवलसम्मको हाइटेन्शन विद्युत् लाइन निर्माणमा समेत ठूलो अवरोध पुग्ने बताए ।

सत्तारूढ दलले आन्तरिक विवाद मिलाएर प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यथाशीघ्र गर्नुपर्ने र संसद्लाई लामो समयसम्म अवरुद्ध गर्नु नहुने बताउँदै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि मुलुकमा वैदिक धर्मसंस्कृतिको संवद्र्धन गर्न आवश्यक रहेको औँल्याए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ४ : ५९ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण