यसरी कम गर्न सकिन्छ टाउको दुखाई « Khabarhub

यसरी कम गर्न सकिन्छ टाउको दुखाई


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्ने समस्यालाई कतिपयले सामान्य रुपमा लिने गरेका छन् । तर टाउको दुखाइलाई सामान्य रुपमा लिँदा समस्या पनि पर्न जान्छ ।

धेरै दुखाइ भएका चिकित्सको परामर्श लिन जरुरी हुन्छ । रुघा खोकी वा पिनासका कारण पनि टाउको दुख्ने समस्या हुन जान्छ ।

मानिसमा टाउको दुख्ने समस्या विभिन्न कारणले हुन्छ । चिसोको मौसममा त धेरै मानिसलाई टाउको दुख्ने समस्याले सताउने गर्छ । टाउको दुखाईका कारणहरु र प्रकारहरु विभिन्न हुने गर्दछ ।

आधा टाउको दुख्ने, बेलाबेलामा एकाएक अत्यधिक टाउको दुख्ने, रींगटा लाग्ने, वाक–वाक लागे जस्तो हुने, वान्ता हुने, घाम, भिडभाड तथा आवाज आउने ठाउ“मा जादा सहन नसक्ने लक्ष्ँणहरु माइग्रेन हुनसक्छ ।

टाउको दुख्ने तथा रिस उठ्ने जस्तो लक्षणहरु देखापर्छ । यदि यस्तो छ भने यो माइग्रेनको लक्षण हो, त्यसैले यसलाई सकेसम्म कम गर्नुपर्छ । यदि नियमित रुपमा यस्ता प्रकारले टाउको दुखिरहेको छ भने निम्न बिषयमा ध्यान दिनुपर्ने हुन्छ–

१. सकेसम्म कहिल्यै भोको पेट बस्नु हुँदैन । पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

२. आफू बसेको स्थान आसपासमा दुर्गन्ध वा बास्ना आउने वातावरण छ भने अन्यत्र जानुपर्छ ।

३. अत्याधिक चम्किलो उज्यालो, भिडभाड तथा आवाज आउने ठाउबाट टाढा रहनुपर्छ ।

४. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन ।

५. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेटको सेवन गर्नु हुँदैन ।

६. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ) को सकेसम्म सेवन नगर्ने ।

७. अनावश्यक रुपमा चिन्ता लिने, वा एकोहोरो भएर बस्नु हुदैन । सकेसम्म एक्लै नबस्ने ।

८. दैनिक न्यूनतम ८ घन्टा पुर्ण आरामका साथ सुत्ने गर्नुपर्दछ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ५ : ३५ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न