यसरी कम गर्न सकिन्छ टाउको दुखाई « Khabarhub

यसरी कम गर्न सकिन्छ टाउको दुखाई


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्ने समस्यालाई कतिपयले सामान्य रुपमा लिने गरेका छन् । तर टाउको दुखाइलाई सामान्य रुपमा लिँदा समस्या पनि पर्न जान्छ ।

धेरै दुखाइ भएका चिकित्सको परामर्श लिन जरुरी हुन्छ । रुघा खोकी वा पिनासका कारण पनि टाउको दुख्ने समस्या हुन जान्छ ।

मानिसमा टाउको दुख्ने समस्या विभिन्न कारणले हुन्छ । चिसोको मौसममा त धेरै मानिसलाई टाउको दुख्ने समस्याले सताउने गर्छ । टाउको दुखाईका कारणहरु र प्रकारहरु विभिन्न हुने गर्दछ ।

आधा टाउको दुख्ने, बेलाबेलामा एकाएक अत्यधिक टाउको दुख्ने, रींगटा लाग्ने, वाक–वाक लागे जस्तो हुने, वान्ता हुने, घाम, भिडभाड तथा आवाज आउने ठाउ“मा जादा सहन नसक्ने लक्ष्ँणहरु माइग्रेन हुनसक्छ ।

टाउको दुख्ने तथा रिस उठ्ने जस्तो लक्षणहरु देखापर्छ । यदि यस्तो छ भने यो माइग्रेनको लक्षण हो, त्यसैले यसलाई सकेसम्म कम गर्नुपर्छ । यदि नियमित रुपमा यस्ता प्रकारले टाउको दुखिरहेको छ भने निम्न बिषयमा ध्यान दिनुपर्ने हुन्छ–

१. सकेसम्म कहिल्यै भोको पेट बस्नु हुँदैन । पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

२. आफू बसेको स्थान आसपासमा दुर्गन्ध वा बास्ना आउने वातावरण छ भने अन्यत्र जानुपर्छ ।

३. अत्याधिक चम्किलो उज्यालो, भिडभाड तथा आवाज आउने ठाउबाट टाढा रहनुपर्छ ।

४. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन ।

५. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेटको सेवन गर्नु हुँदैन ।

६. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ) को सकेसम्म सेवन नगर्ने ।

७. अनावश्यक रुपमा चिन्ता लिने, वा एकोहोरो भएर बस्नु हुदैन । सकेसम्म एक्लै नबस्ने ।

८. दैनिक न्यूनतम ८ घन्टा पुर्ण आरामका साथ सुत्ने गर्नुपर्दछ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ५ : ३५ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने