नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक–पर्यटनमन्त्री « Khabarhub

नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक–पर्यटनमन्त्री


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएको बताएका छन् ।

वृहत् राष्ट्रिय शान्ति कोटीहोम महायज्ञ एवम् चन्द्रागिरी धार्मिक पर्यटन महोत्सवबारे जानकारी दिन मूल समारोह समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भने, ‘‘नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएको मुलुक हा, त्यसप्रति हामी गर्व गछौँ ।’’

विश्वमा धेरै स्थानमा धार्मिक तथा जातीय युद्ध भएको तर नेपाल सानो देशमा विभिन्न धर्म र सम्प्रदाय तथा सामाजिक विविधतायुक्त भएर पनि कहिल्यै पनि धार्मिक तथा जातीय युद्ध भएको छैन, धार्मिक सहिष्णुताको अनुपम उदाहरण पाउन सकिने उनको भनाइ छ ।

उनले हिन्दु धर्मको बाहुल्यता रहेको नेपालमा अल्पसङ्ख्यकमा भएका विशेषगरी ख्रिष्टियन, मुस्लिमलगायत धार्मिक समुदायले असुरक्षा महशुस गर्नु नपरेको बताए । धर्म र सम्प्रदायबीचको अनुपम सहिष्णुताले नै आज नेपाल विश्वमै कहलिएको मन्त्री भट्टराईले उल्लेख गरे ।

नेपाल भ्रमण वर्ष २०२० मा एकातिर प्राकृतिक सम्पदा र प्राकृतिक सौन्दर्यतालाई नजिकबाट हेर्न पर्यटक आउँछन् भने अर्कोतिर आफ्नो धार्मिक आस्था र विश्वाससमेतलाई प्रकट गर्नको निम्ति पर्यटक आउने भएकाले धार्मिक पर्यटकको महत्वपूर्ण भूमिका हुने पर्यटनमन्त्रीको भनाइ थियो ।

उनले धार्मिक पर्यटनका माध्यमबाट विभिन्न मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिएको र त्यसका निम्ति पशुपति विकास कोष र लुम्बिनी विकास कोषलाई आवश्यक समन्वय र सहजताका लागि जिम्मेवारी तोकिएको बताए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : ५८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर