चीनमा मानव अधिकारको चरम उल्लंघन, दाह्री पालेको र इन्टनरनेट चलाएकै निहुँमा सयौं थुनामा ! « Khabarhub

चीनमा मानव अधिकारको चरम उल्लंघन, दाह्री पालेको र इन्टनरनेट चलाएकै निहुँमा सयौं थुनामा !


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा मानव अधिकार चरम उल्लंघन भएको खुलासा भएको छ ।

बीबीसीले सार्वजनिक गरेको १ सय ३७ पृष्टको दस्ताबेजमा मानिसहरुलाई दाह्री पालेको, नकाव लगाएको तथा इन्टरनेट चलाएको आधारमा समेत थुनिएको उल्लेख छ ।

सो दस्ताबेजको पाँच सय ९८ औँ लहरमा पहिलो नाम हेलसेम भएको एक ३८ वर्षीया महिलालाई केही वर्षअघि नकाब लगाएको कारण मुद्दा चलाएर पुनर्शिक्षण शिविरमा पठाइएको उल्लेख छ ।

यस्तै दस्ताबेजको २३९ औँ लहरमा नुरमेमेत नाम गरेका २८ वर्षीय पुरुषलाई एउटा वेब लिङ्कमा क्लिक गरेबापत थुनिएको उल्लेख छ ।

मानव अधिकार उल्लंघनसँग मिल्ने विभिन्न प्रमाणहरुलाई बीबीसीले सो दस्ताबेजका १७९ औँ, ३१५ औँ र ३४५ औँ लहरको बिश्लेषण गरेको छ ।

जहाँ नकाव लगाएको देखि दाह्री पालेको र इन्टरनेट चलाएको सम्मका आरोपमा मानिसहरु थुनिएका छन । त्यसरी थुनिएका मानिसहरु अधिकांश मुस्लिम छन ।

भबिष्य निर्धारण गरिने भन्दै हजारौं मुस्लिमहरूलाई शिविरहरूमा राखिएको छ । पश्चिमी क्षेत्र सिन्जियाङका तीन हजारभन्दा बढी व्यक्तिका सूचिकृत गरिएका विवरणहरूमा दैनिक जीवनका अति व्यक्तिगत कुराहरू समेत समेटिएको छ ।

दस्तावेजमा मानिसहरूले गर्ने प्रार्थना गर्ने , लुगा लगाउँने, उनिहरुले गर्ने भेटघाट र परिवारका सदस्यले गर्ने व्यवहारसम्मका विवरण समेटिएका छन्।

आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै चीनले कुनै गलत काम नगरेको बताउने गरेको छ। तर चुहावट भएको चीनको यो दस्तावेजमा वास्तविकता झल्किएको विज्ञहरुले बताएका छद्द ।

सिन्जियाङमा चिनियाँ नीति बारेका अग्रणी विज्ञ  डा. एन्ड्रिआन जेन्जले भने, ‘यो महत्त्वपूर्ण दस्तावेज परम्परागत धार्मिक अभ्यासहरूलाई दबाउन र दण्डित गर्न बेइजिङ कति सक्रियताका साथ लागिपरेको छ भन्ने कुराको आजको मितिसम्म मैले देखेको सबैभन्दा बलियो प्रमाण हो।’

‘नम्बर फोर ट्रेनिङ सेन्टर’ भनेर उल्लेख गरिएको एउटा शिविरलाई जेन्जले पनि पहिचान गरेका छन्। चिनियाँ अधिकारीहरूले गत वर्षको मे महिनामा बीबीसीलाई भ्रमण गराएका शिविरमध्ये त्यो एउटा हो।

बीबीसीको टोलीले ल्याएका धेरै प्रमाणहरूलाई नयाँ दस्तावेजले पुष्टि गरेको छ, त्यसमा समावेश गरिएका मानिसहरूको गोपनीयता कायम राख्न प्रकाशनका लागि केही सम्पादन गरिएको छ।

तीन सय ११ जना व्यक्तिमाथि चलाइएको अनुसन्धानका विस्तृत विवरण त्यसमा छ। त्यसमा उनीहरूको पृष्ठभूमि, धार्मिक चालचलन तथा सयौँ आफन्त, छिमेकी र साथीहरूसँगको सम्बन्धबारे विवरण रहेका छन्।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ०६ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति