नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन | Khabarhub Khabarhub

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान ४ : ३० बजे चितवनको इच्छाकमना गाउँपालिका–६ जलवीरेमा मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४०३ नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना८ख ६९८० नम्बरको गिट्टी बोकेको टिपर एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परेका सवारी साधन सडकमै तेर्सिएपछि सडक अवरुद्ध भएको थियो । क्रेनको सहायताबाट हटाएपछि बिहान ७ : १५ बजेबाट सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा ट्रकका चालक सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि काठमाडौँ लगिएको छ भने टिपर चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : २१ बजे

प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड

सिरहा– प्रतिबन्धित औषधि बिक्री भइरहेको भन्दै त्यस्ता औषधिको बिक्रीलाई नियन्त्रण

धरानेलाई हर्क साम्पाङको कोसेली !

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ यो साता रित्तो गाग्री

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको

प्रधानमन्त्री ओलीले आज सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने 

लुम्बिनी–  राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ

‘नेपाल बिगार्ने हामी आफैँ रहेछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पुराना नेता तारानाथ रानाभाट प्रतिनिधिसभाका पूर्वसभामुख हुन्