गायक प्रकाश कटुवाल प्रकाउ « Khabarhub

गायक प्रकाश कटुवाल प्रकाउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तनहुँ – लोकदोहोरी गायक प्रकाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको भन्दै छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमवार पक्राउ परेका कटुवालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार परिवारसँग घुम्न गएका कटुवाल डुम्रेको एक होटल अगाडि गाडी पार्किङ गरेका थिए । सोही क्रममा पत्नीले वान्ता गरेपछि होटल मालिक र गायक कटुवालबीच विवाद भएको थियो ।

गायक कटुवालले धम्की दिएर पोखरातर्फ लागेको र सोही साँझ मोटरसाइकलमा आएका दुई व्यक्तिले होटलमा आएर होटल मालिक लालकाजी गुरुङको टाउकोमा रडले हानेर भागेको गुरुङलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

उक्त घटनापछि गुरुङकी छोरी सोनिकाले प्रहरीमा सोमवार उजुरी दिएकी हुन् ।

प्रहरीको हिरासतमा रहेका कटुवालमाथि प्रहरीले अनुसन्धान थालेको छ । पीडित गुरुङलाई भने उपचारका लागि पोखरा लगिएको तर पोखरामा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको छ ।

घाइते गुरुङको राजधानीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

गायक कटुवालले मोही खाउँला बोट्कामा, फूल फुल्यो केसरी, तोरी बोटैमा लगायका गीत गाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ०४ बजे

रुकुम पूर्वमा ढुक्क प्रचण्ड, गाउँगाउँ डुल्दै भन्छन् : भोट मागेको होइन, विजयोत्सव मनाए जस्तो लाग्दैछ

रुकुमपूर्व- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वका गाउँको

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ– यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।