जिल्ला न्यायाधीशको गोली हानी हत्या « Khabarhub

जिल्ला न्यायाधीशको गोली हानी हत्या


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबानले एकजना स्थानीय न्यायाधीशको गोली हानी हत्या गरेका छन् ।

पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिवान लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका हुन् ।

हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकुको एक समूहले सोमबार राति गोली हानी हत्या गरेका थिए ।

प्रान्तीय सरकारका अनुसार तालिबान लडाकु समूहले हिंसात्मक कारवाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएको जनाएको छ ।

केही दिनअघिमात्रै अमेरिकासँग कतारको राजधानी दोहामा अमेरिकासँग तालिबानले गरेको सम्झौतामा एक साताका लागि हिंसात्मक कारवाही अन्त्य गर्ने सहमति बनेको थियो ।

यही साता अफगानिस्तान कै कन्दहार प्रान्तको डण्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुई जना प्रहरी अधिकृतहरु मारिएका थिए ।

अफगान स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८ सय भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९ सय ५० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ४३ बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा