निर्भया सामूहिक बलात्कार प्रकरणका दोषी चारैजनालाई मृत्युदण्ड दिइने | Khabarhub Khabarhub

निर्भया सामूहिक बलात्कार प्रकरणका दोषी चारैजनालाई मृत्युदण्ड दिइने


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा ठूलै हलचल ल्याइदिएको ‘निर्भया’ सामूहिक बलात्कार प्रकरणका चारै दोषीलाई आगामी मार्च ३ मा मृत्युदण्ड दिइने भएको छ ।

सोमबार भारतको पटियाला हाउस अदालतले उनीहरुलाई मृत्युदण्ड दिइने मिति तय गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार चारै दोषीलाई मार्च ३ का दिन बिहान ६ बजे मृत्युदण्ड दिइने छ । यसअघि दुईपटक उनीहरुलाई मृत्युदण्ड दिइने मिति पछि सारिएको थियो ।

पीडितकी आमाले उनीहरुलाई मृत्युदण्ड दिइने नयाँ मितिको स्वागत गरेपनि यसअघि पनि दुईपटक उनीहरुलाई दिइने मृत्युदण्डको मिति पछि सारिएका कारण आफू असन्तुष्ट रहेको जनाएकी छिन् ।

पीडितका बाबुले भने अदालतको पछिल्लो निर्देशनले ढिलोचाँडो दोषीउपर कारवाही भएरै छाड्ने देखिएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : ०३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’