दीपकराज गिरीको आक्रोश: अवार्ड नपाएको झोंक कि विकृतिको विरोध ? « Khabarhub

दीपकराज गिरीको आक्रोश: अवार्ड नपाएको झोंक कि विकृतिको विरोध ?


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दीपकराज गिरी विवादमै आएर पनि चर्चामा आइरहने गर्छन् । बेलाबेलामा उनले लेख्ने स्टाटसले गिरीलाई चर्चामा ल्याइरहन्छ । अब त उनी खरो विचार राख्ने कलाकारका रुपमा समेत चिनिन थालेका छन् ।

हालै नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न भयो । फेस्टिभलमा केही चलचित्रहरुको चर्चा भयो । अझ बुलबुलले ६ र गोपीले ३ अवार्ड त आफ्नो पोल्टामा पारे ।

यसवर्ष व्यापारिक हिसाबले सफल फिल्ममध्ये एक ‘छ माया छपक्कै’ बनाएका गिरीले यो फिल्मबाट चर्चा पनि कमाए । त्यसो त अर्को वर्ष यो फिल्मले अवार्ड नजित्ला भन्न सकिन्न । यद्यपि गिरीकै गतवर्ष रिलिज भएको फिल्म ‘छक्का पञ्जा ३’ केही अवार्ड हात पारेको थियो ।

यतिबेला भने गिरी अवार्डको विषयलाई लिएर खरो रुपमा उत्रिएका छन् । उनले सामाजिक सञ्जालमा अवार्डमा फिल्मले लगानी उठाउन नसकेको प्रति कटाक्ष गर्दै स्टाटस लेखेका छन् ।

‘फिल्म फेस्टिभलहरु आए गए, वर्षमा ८/९ वटा समारोह गरेर अवार्डहरु पनि बाँडिए, दंग परेर भोज पनि खाइयो,’ गिरीले लेखेका छन्, ‘फेसबूकमा फोटो पनि अपलोड गरियो, तर बिडम्बना दर्शकले सिनेमाघरतिर फर्केर पनि हेरेनन् ।’

गिरीले अवार्ड समारोहको गेटमा रोइरहेका निर्माताहरुको फोटो टाँस्न भन्दै व्यङ्ग्य गरेका छन् ।

‘अवार्ड समारोहको गेटमा रोइरहेका निर्माताहरुको फोटो पनि टाँस्नुहोला, भोज गरेको सान्दर्भिक हुन्छ,’ उनले व्यङ्ग्य गरेका छन् ।

संयोग के छ भने हालै सम्पन्न भएको निफको सोमवार साँझ एक पार्टीको आयोजना गरिएको थियो । उक्त भोजमा केही अवार्ड विजेता फिल्मकर्मी र संघका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो । गिरी लगायत धेरै कलाकारलाई भने उक्त पार्टीमा निमन्त्रणा गरिएको थिएन ।

कतिपयले गिरीको यो धारणालाई फिल्मले अवार्ड नपाएको झोंक र आफूलाई आमन्त्रण नगरिनुको कारणका रुपमा हेरेका छन् ।

यद्यपि गिरी अवार्डका कार्यक्रममा भने उपस्थित हुँदैनन् । नेपालमा प्राय: अवार्डका कार्यक्रमहरु विवादित रहन्छन् । त्यसैले गिरीले निफ सकिनासाथ विरोधको आवाज उठाएको कतिपयले टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ४५ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना