पर्यटक बढाउन दाङ चिडियाखानामा ल्याइयो चितुवा « Khabarhub

पर्यटक बढाउन दाङ चिडियाखानामा ल्याइयो चितुवा


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ ।

पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए । गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उनको भनाइ छ ।

भण्डारीका अनुसार करिब १ वर्ष अघिदेखि पार्कको लागि चितुवा सहयोग गरिदिन माग गरिएको थियो । ‘हामीले लामो प्रयासपछि पार्कमा चितुवा ल्याएका छौँ,’ उनले भने, ‘यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ ।’

चिडियाखानामा अहिले ५ वर्ष उमर भएको ४० किलो तौलको चितुवा ल्याइएको हो । माघ २६ गते ल्याइएको उक्त चितुवा हेर्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्न थालेको अध्यक्ष भण्डारीले बताए । यद्यपि चितुवा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । ‘हामीले चितुवा त ल्यायौँ, तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ,’ उनले भने, ‘यसको समाधानका लागि हामीले तयारी गरिरहेका छौँ ।’

अबको केही समयमा बाघ, अजिङ्गर, निलगाइ, भालु, जरायो, मयूरलगायतका जनावर ल्याउने गरी प्रक्रिया अघि बढाएको उल्लेख गर्दै भण्डारीले त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

अहिले पार्कमा घाइते तथा अलपत्र जङ्गली जनावरलाई उपचार तथा संरक्षण गरिएको उनको भनाइ छ । उद्यानमा हाल २० वटा खरायो, पाँच वटा गिनिपिक (मुसा खरायो), दुई वटा राजहाँस, दुई वटा टर्की, एउटा कछुवा, दुईवटा हुचिल, एउटा चिल, एउटा दुम्सी, दुईवटा बाँदर र एउटा चित्तल रहेका छन् ।

यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको सङ्ख्या बढेको छ । अहिले पार्कमा पिकनिक स्पर्ट, बाल उद्यानलगायत संरचना रहेका छन् । पार्कमा गणेश मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने गौतमबुद्धको शालिक पनि निर्माण भइरहेको छ ।

यहाँ पहिले वनभोजका लागि बढी मानिस आउने गरेको भए पनि पछिल्लो समय जनावर तथा पंक्षीको अवलोकन गर्न आउने गरेको वडा नं ७ का वडाध्यक्ष टोपबहादुर केसीले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : १७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग