३९ वर्षअघि नै गरिएको थियो कोरोना भाइरसको भविष्यवाणी ! « Khabarhub

३९ वर्षअघि नै गरिएको थियो कोरोना भाइरसको भविष्यवाणी !


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको वुहान शहरमा कोरोना भाइरसको महामारीले विश्वभर संत्रास फैलाइरहेको छ । महामारीबाट हालसम्म करिब १ हजार ९ सय जनाको ज्यान गइसकेको छ भने अरु दशौं हजार संक्रमित छन् । यो महामारीको भविष्यवाणी ३९ वर्ष अघि लेखिएको एउटा किताबमा गरिएको थियो भन्दा सायदै कसैलाई विश्वास लाग्ला ।

तर, सन् १९८१ मा अमेरिकी डिन कुन्जले लेखेको ‘द आइज अफ द डार्कनेस’ नामक उपन्यासमा यस्तै किसिमको भाइरसको परिकल्पना गरिएको थियो । यो पुस्तक न्यूयोर्क टाइम्सको ‘बेस्ट सेलर’को सूचीमा समेत अटाएको थियो ।

उक्त पुस्तकको ३९ औं अध्यायमा लेखक कुन्जले मुलुकको वुहान शहरनजिकै चीनको कम्युनिस्ट पार्टीले प्रयोगशालामार्फत् वुहान ४०० नामक भाइरसको विकास गर्ने उल्लेख गरेका थिए । जैविक हतियारका लागि विकास गरिएको उक्त भाइरसले अरु कुनै जनावरलाई नभई मानिसलाई मात्र संक्रमण हुने र यसबाट संक्रमित हुने हरेक मानिस मृत्युको मुखमा पुग्ने भनी यस पुस्तकमा लेखिएको छ । कुन्जको पुस्तकमा लेखिएअनुसार यो भाइरस मानिसको शरिरबाहिर र ३० डिग्री सेल्सियस भन्दा कम तापक्रममा बाँच्नै नसक्ने उल्लेख छ ।

यस पुस्तकमा वुहान ४०० को शोध गर्ने ली चेन नामक वैज्ञानिकले अमेरिकालाई यसबारे जानकारी दिने लेखिएको छ ।

उपन्यासमा लेखिएको भाइरस र अहिले वुहान शहरमा देखिएको भाइरस एकदमै मिल्नेजुल्ने रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अचम्ममा परेका छन् ।

यद्यपि उपन्यासमा भनिएको भाइरस र अहिले देखिएको कोरोना भाइरसमा एउटा ठूलो असमानता पनि रहेको छ । जहाँ उपन्यासको भाइरसबाट संक्रमित सबैको मृत्यु हुनेछ भन्ने उल्लेख छ भने कोरोना भाइरसको संक्रमण भएका अधिकांश मानिसहरु पुनः स्वस्थ हुने सम्भावना बढी छ ।

आलोचकहरुले भने कुन्जले सन् १९८१ मा यस पुस्तक लेख्दा तत्कालीन सोभियत संघको गोर्की शहरनजिक सोभियत संघको सत्तारुढ कम्युनिस्ट पार्टीले गोर्की ४०० नामक भाइरसको विकास गर्ने उल्लेख थियो ।

सोभियत संघको विघटनपछि भने पुस्तकका पछिल्ला संस्करणमा यो भाइरसको नाम गोर्कीबाट परिवर्तन गरी वुहान ४०० राखिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : ३० बजे

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज