३९ वर्षअघि नै गरिएको थियो कोरोना भाइरसको भविष्यवाणी ! « Khabarhub

३९ वर्षअघि नै गरिएको थियो कोरोना भाइरसको भविष्यवाणी !


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको वुहान शहरमा कोरोना भाइरसको महामारीले विश्वभर संत्रास फैलाइरहेको छ । महामारीबाट हालसम्म करिब १ हजार ९ सय जनाको ज्यान गइसकेको छ भने अरु दशौं हजार संक्रमित छन् । यो महामारीको भविष्यवाणी ३९ वर्ष अघि लेखिएको एउटा किताबमा गरिएको थियो भन्दा सायदै कसैलाई विश्वास लाग्ला ।

तर, सन् १९८१ मा अमेरिकी डिन कुन्जले लेखेको ‘द आइज अफ द डार्कनेस’ नामक उपन्यासमा यस्तै किसिमको भाइरसको परिकल्पना गरिएको थियो । यो पुस्तक न्यूयोर्क टाइम्सको ‘बेस्ट सेलर’को सूचीमा समेत अटाएको थियो ।

उक्त पुस्तकको ३९ औं अध्यायमा लेखक कुन्जले मुलुकको वुहान शहरनजिकै चीनको कम्युनिस्ट पार्टीले प्रयोगशालामार्फत् वुहान ४०० नामक भाइरसको विकास गर्ने उल्लेख गरेका थिए । जैविक हतियारका लागि विकास गरिएको उक्त भाइरसले अरु कुनै जनावरलाई नभई मानिसलाई मात्र संक्रमण हुने र यसबाट संक्रमित हुने हरेक मानिस मृत्युको मुखमा पुग्ने भनी यस पुस्तकमा लेखिएको छ । कुन्जको पुस्तकमा लेखिएअनुसार यो भाइरस मानिसको शरिरबाहिर र ३० डिग्री सेल्सियस भन्दा कम तापक्रममा बाँच्नै नसक्ने उल्लेख छ ।

यस पुस्तकमा वुहान ४०० को शोध गर्ने ली चेन नामक वैज्ञानिकले अमेरिकालाई यसबारे जानकारी दिने लेखिएको छ ।

उपन्यासमा लेखिएको भाइरस र अहिले वुहान शहरमा देखिएको भाइरस एकदमै मिल्नेजुल्ने रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अचम्ममा परेका छन् ।

यद्यपि उपन्यासमा भनिएको भाइरस र अहिले देखिएको कोरोना भाइरसमा एउटा ठूलो असमानता पनि रहेको छ । जहाँ उपन्यासको भाइरसबाट संक्रमित सबैको मृत्यु हुनेछ भन्ने उल्लेख छ भने कोरोना भाइरसको संक्रमण भएका अधिकांश मानिसहरु पुनः स्वस्थ हुने सम्भावना बढी छ ।

आलोचकहरुले भने कुन्जले सन् १९८१ मा यस पुस्तक लेख्दा तत्कालीन सोभियत संघको गोर्की शहरनजिक सोभियत संघको सत्तारुढ कम्युनिस्ट पार्टीले गोर्की ४०० नामक भाइरसको विकास गर्ने उल्लेख थियो ।

सोभियत संघको विघटनपछि भने पुस्तकका पछिल्ला संस्करणमा यो भाइरसको नाम गोर्कीबाट परिवर्तन गरी वुहान ४०० राखिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ३ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्