रणवीर कपूरसँगको बिहेबारे आलियाले भनिन् यस्तो « Khabarhub

रणवीर कपूरसँगको बिहेबारे आलियाले भनिन् यस्तो


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – पछिल्लो समय आलिया भट्ट र रणवीर कपूरको अफेअरको चर्चाले बलिउड गर्माएको छ । यी दुईले छिट्टै बिहे गर्न लागेको चर्चा पनि छ । रणवीर र आलियाका परिवार पनि यी दुईको प्रेममा सहमति जनाएका छन् ।

खबरका अनुसार ‘ब्रह्मास्त्र’ को रिलिजपछि यी दुईले बिहे गर्नेछन् ।

हालै बिहेबारे बोल्दै आलियाले भनिन्, ‘मलाई नै थाहा छैन कि, आजभोलि कुन हल्ला चलिरहेको छ, मलाई लाग्छ, हरेक ३ हप्तामा मेरो बिहेको चर्चा चल्ने गर्छ ।’

आलियाले यस्ता हल्लालाई मनोरञ्जनका रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् ।

भन्ने गरिन्छ कि, ‘ब्रह्मास्त्र’ को शूटिङको दौरान आलिया र रणवीर नजिकिएका थिए । यी दुईबीच प्रेम पनि भएको थियो ।

पहिले यी दुईले आफ्नो सम्बन्ध हल्ला मात्र भएको बताउँदै आएका थिए । आलियाले एक अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘यो कुनै रिलेशनशीप होइन, हामी साथी मात्र हौं ।’

अहिले भने रणवीर र आलियाले प्रेममा रहेको संकेत दिएका छन् । तर, यी दुईले बिहे कहिले गर्दैछन् भन्ने चाहिँ खुलाउन चाहेका छैनन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ४ : ४८ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा