‘एनएनआईपीए’ वर्ष खेलाडी बने विमल र निमा (फोटो फिचर) « Khabarhub

‘एनएनआईपीए’ वर्ष खेलाडी बने विमल र निमा (फोटो फिचर)


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) अवार्ड अन्तर्गत पुरुषतर्फ विमल अधिकारी र महिलातर्फ निमा गुरुङ उत्कृष्ट खेलाडी बनेका छन् । वर्ष खेलाडी बनेका उनीहरुलाई जनही १-१ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो ।

एनएनआईपीएले मंगलबार गरेको सम्मान कार्यक्रममा विभिन्न खेलका खेलाडी सहित ३१ जना सम्मानित भए । एनएनआईपीएले सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा देखाएको प्रदर्शनका आधारमा उनीहरुलाई पुरस्कारसहित सम्मान गरेको हो ।

यस्तै, युवा पुरुष खेलाडीमा अजित कुमार यादव र महिला तर्फ सरस्वती चौधरीले पाइन् । युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनेले  नगद ५०/५० हजार पुरस्कार प्राप्त गरेका छन्।

२८ खेल मध्ये बाटै उत्कृष्ट पुरुष र महिला खेलाडी छनोट भएका हुन्। हरेक खेलका उत्कृष्ट खेलाडीले १० हजार नगदसहित सम्मान पत्र प्राप्त गरेका छन्।

सम्मानित हुने खेलाडी (सूची)

पार एथलेट अफ दि इयर – महिमा कोइराला – बोसिया खेलाडी
आर्चरी प्लेयर अफ दि इयर – तिलक पुन मगर
एथलेटिक्स – अजित कुमार यादव
ब्याडमिन्टन – दिपेश धामी
बास्केटबल – मनिस राजोपाध्याय
बक्सिङ – पुनम रावल
फेन्सिङ – ओमकार सिंह


फुटबल – भरत खवास
गल्फ – टंकबहादुर कार्की
जुडो – इन्द्रबहादुर श्रेष्ठ
कबड्डी – मेनुका राजवंशी
कराते – विजय श्रेष्ठ
कुराँस – उपेन्द्र थापा
टेनिस – प्रेरणा कोइराला
प्याराग्लाइडिङ – विमल अधिकारी
पेन्केक सिलात कराते – गोविन्द चौधरी
रोल स्पोर्ट्स – मिलन शाह ठकुरी


सेपाकताक्रो – रोषन तामाङ
सुटिङ – सुस्मिता नेपाल
स्पोर्ट्स क्लाइम्बिङ – पेम्बा शेर्पा
स्क्वास – अमृत थापा
पौडी – सुभम श्रेष्ठ
टेबलटेनिस – नविता श्रेष्ठ
तेक्वान्दो – निमा गुरुङ
ट्रायथलन – बसन्त थारु
भलिबल – सरस्वती चौधरी
भारत्तोलन – सञ्जु चौधरी
कुस्ती – रमेश गौतम
उसु – जुनी राई

प्रत्येक विधाका विजेताले १० हजार पाएका छन्।

खेल पत्रकारको पुरस्कार राजेन्द्र चित्रकार (गोरखापत्र दैनिक) सम्मानित भएका छन् । उनलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

गजराज जोशी आदर्श खेल व्यक्तित्व अवार्ड बक्सिङका पूर्व प्रशिक्षक मदन गुरुङले जीते । उनलाई (३५ हजार) हजार नगदसहित सम्मान गरिएको हो ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ३० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु