'एनएनआईपीए' वर्ष खेलाडी बने विमल र निमा (फोटो फिचर) | Khabarhub Khabarhub

‘एनएनआईपीए’ वर्ष खेलाडी बने विमल र निमा (फोटो फिचर)


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) अवार्ड अन्तर्गत पुरुषतर्फ विमल अधिकारी र महिलातर्फ निमा गुरुङ उत्कृष्ट खेलाडी बनेका छन् । वर्ष खेलाडी बनेका उनीहरुलाई जनही १-१ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो ।

एनएनआईपीएले मंगलबार गरेको सम्मान कार्यक्रममा विभिन्न खेलका खेलाडी सहित ३१ जना सम्मानित भए । एनएनआईपीएले सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न एसियन गेम्समा देखाएको प्रदर्शनका आधारमा उनीहरुलाई पुरस्कारसहित सम्मान गरेको हो ।

यस्तै, युवा पुरुष खेलाडीमा अजित कुमार यादव र महिला तर्फ सरस्वती चौधरीले पाइन् । युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनेले  नगद ५०/५० हजार पुरस्कार प्राप्त गरेका छन्।

२८ खेल मध्ये बाटै उत्कृष्ट पुरुष र महिला खेलाडी छनोट भएका हुन्। हरेक खेलका उत्कृष्ट खेलाडीले १० हजार नगदसहित सम्मान पत्र प्राप्त गरेका छन्।

सम्मानित हुने खेलाडी (सूची)

पार एथलेट अफ दि इयर – महिमा कोइराला – बोसिया खेलाडी
आर्चरी प्लेयर अफ दि इयर – तिलक पुन मगर
एथलेटिक्स – अजित कुमार यादव
ब्याडमिन्टन – दिपेश धामी
बास्केटबल – मनिस राजोपाध्याय
बक्सिङ – पुनम रावल
फेन्सिङ – ओमकार सिंह


फुटबल – भरत खवास
गल्फ – टंकबहादुर कार्की
जुडो – इन्द्रबहादुर श्रेष्ठ
कबड्डी – मेनुका राजवंशी
कराते – विजय श्रेष्ठ
कुराँस – उपेन्द्र थापा
टेनिस – प्रेरणा कोइराला
प्याराग्लाइडिङ – विमल अधिकारी
पेन्केक सिलात कराते – गोविन्द चौधरी
रोल स्पोर्ट्स – मिलन शाह ठकुरी


सेपाकताक्रो – रोषन तामाङ
सुटिङ – सुस्मिता नेपाल
स्पोर्ट्स क्लाइम्बिङ – पेम्बा शेर्पा
स्क्वास – अमृत थापा
पौडी – सुभम श्रेष्ठ
टेबलटेनिस – नविता श्रेष्ठ
तेक्वान्दो – निमा गुरुङ
ट्रायथलन – बसन्त थारु
भलिबल – सरस्वती चौधरी
भारत्तोलन – सञ्जु चौधरी
कुस्ती – रमेश गौतम
उसु – जुनी राई

प्रत्येक विधाका विजेताले १० हजार पाएका छन्।

खेल पत्रकारको पुरस्कार राजेन्द्र चित्रकार (गोरखापत्र दैनिक) सम्मानित भएका छन् । उनलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

गजराज जोशी आदर्श खेल व्यक्तित्व अवार्ड बक्सिङका पूर्व प्रशिक्षक मदन गुरुङले जीते । उनलाई (३५ हजार) हजार नगदसहित सम्मान गरिएको हो ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ३० बजे

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

बेइजिङ– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा क्यान्सरको टाइप पत्ता लगाउने मेसिन सञ्चालनमा 

चितवन– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको