स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित « Khabarhub

स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।

आगामी फागुन १४ गते तोकिएको स्ववियुको निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित गर्ने सूचना आएको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जानकारी दिएको हो ।

स्ववियू निर्वाचनका लागि विद्यार्थी संगठन एकमत हुन नसकेपछि स्ववियू चुनाव स्थगित गर्नुपरेको निर्देशनालयको भनाइ छ ।

सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकमा स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय भएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आबद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले छलफल नै नगरी त्रिविले स्ववियू निर्वाचनको मिति तोकेको भन्दै असहमति जनाएको थियो ।

नेविसंघले स्ववियू निर्वाचन गराउन त्रिविको निर्वाचन समिति प्रमुख रहने रेक्टर पदमा पदपूर्ति गर्न समेत माग गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ७ : ४८ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा