अध्ययनले देखायो कोरोना संक्रमणको असर सबैभन्दा बढी वृद्धवृद्धामा « Khabarhub

अध्ययनले देखायो कोरोना संक्रमणको असर सबैभन्दा बढी वृद्धवृद्धामा


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम वृद्धवृद्धामा बढी मात्रामा देखिएको एक अध्ययनले देखाएको छ ।

चीनका स्वास्थ्य अधिकारीहरूले गरेको अध्ययनअनुसार कोरोनाबाट संक्रमित वृद्धवृद्धाहरुको मृत्यु दर पनि अधिक रहेको छ । चीनका स्वास्थ्य अधिकारीहरूले अध्यनका लागि ७०,००० भन्दा बढी कोभिड-१९ सङ्क्रमणका विवरणहरू समेटेका थिए ।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको निष्कर्ष निकालेको हो ।

अध्ययनका केही निष्कर्ष

  • झन्डै ८०.९ प्रतिशत सङ्क्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ।
  • ८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ।
  • ९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ।
  • त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमश: बढ्दै गएको देखिएको छ। ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ।
  • लैङ्गिक अनुपातमा पुरुष (२.८ प्रतिशत) भन्दा महिला (१.७ प्रतिशत) कम जोखिम रहेको पाइएको छ।
  • बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ। त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ। बीबीसीबाट

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार