चीनबाट नेपालीलाई ल्याउने वाइडबडी जहाजले नियमित उडान भर्दै « Khabarhub

चीनबाट नेपालीलाई ल्याउने वाइडबडी जहाजले नियमित उडान भर्दै


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान भर्दैछ ।

वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो ।

जहाजबाट कोरोना भाइरस फैलिएको वुहानबाट यही फागुन ४ गते बिहान नेपालीलाई स्वदेश ल्याइएको थियो । जहाजको क्वारेन्टाइनको अवधि आज बिहान सकिएपछि दिउँसो सरसफाइ गरेर उडानयोग्य बनाएको छ ।

चीनबाट नेपाली ल्याएको वाइड बडी जहाजले आजदेखि नियमित उडान शुरु गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । ‘जहाजको सबै प्रक्रिया पूरा गरेर आज रातिदेखि नियमित उडानमा राखेका छौँ, जहाजको आवश्यक सरसफाइलगायत सबै मापदण्ड पूरा गरेपछि पुनः उडान शुरु गर्न लागिएको हो’, उनले भने ।

निगमको निर्धारित तालिकाअनुरुप वाइड बडी जहाजले आज राति १० : ३० बजे दोहाका लागि उडान भर्नेछ । जहाजलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरिन नियमित उडानमा ल्याउन लागिएको निगमले जनाएको छ । जहाजलाई विमानस्थलको उत्तरपूर्वतर्फको ‘रिमोर्ट पार्किङ वे’ मा राखिएको छ ।

वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनीयर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ जना सहितको टोली शनिबार चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई लिएर जहाज आइतबार बिहान ३ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

वुहानबाट फर्किएका सबैलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ भने जहाजका विमानचालक (पाइलट) सहित सबै सदस्यलाई पनि क्वारेन्टाइनका लागि नगरकोटमा राखिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : १२ बजे

घोडा चढ्ने मान्छे लड्छ, फेरि उठेर रेसमा जानुपर्छ : सांसद् खड्का

काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको

प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक- २०२६’

काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल

पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।  भारत उत्तराखण्डको

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी