कसरी थाहा पाउने कोरोनाको संक्रमण कि रुघाखोकी ? « Khabarhub

कसरी थाहा पाउने कोरोनाको संक्रमण कि रुघाखोकी ?


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ ।

विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ ।

मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।

डा पाण्डेका अनुसार कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ ।

तर कोरोनाको संक्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।

कोरोना संक्रमणका लक्षण 

पहिलो चरण

– ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ),

– सुख्खा तथा लहरे खोकी लाग्ने,

– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,

– घांटी बस्ने,

– थकाइ लाग्ने ।

 दोस्रो चरण

– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,

– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने,

– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने ।

ग ) तेस्रो चरण

– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने,

– धेरै छाती दुख्ने,

– उठ्न निकै गाह्रो हुने,

– कुराहरु विर्षने, कन्फ्युज हुने,

– बेहोश हुने ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ३३ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ