कसरी थाहा पाउने कोरोनाको संक्रमण कि रुघाखोकी ? « Khabarhub

कसरी थाहा पाउने कोरोनाको संक्रमण कि रुघाखोकी ?


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ ।

विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ ।

मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।

डा पाण्डेका अनुसार कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ ।

तर कोरोनाको संक्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।

कोरोना संक्रमणका लक्षण 

पहिलो चरण

– ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ),

– सुख्खा तथा लहरे खोकी लाग्ने,

– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,

– घांटी बस्ने,

– थकाइ लाग्ने ।

 दोस्रो चरण

– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,

– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने,

– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दीर्घरोगले च्यांप्दै जाने ।

ग ) तेस्रो चरण

– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने,

– धेरै छाती दुख्ने,

– उठ्न निकै गाह्रो हुने,

– कुराहरु विर्षने, कन्फ्युज हुने,

– बेहोश हुने ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ३३ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको