नेपाल वायु सेवा निगमको क्वालालम्पुर उडान स्थगित « Khabarhub

नेपाल वायु सेवा निगमको क्वालालम्पुर उडान स्थगित


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको राजधानी क्वालालम्पुरको नियमित उडान हाललाई स्थगित गरेको छ ।

मलेसिया सरकारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सबै विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि निगमले क्वालालम्पुरको उडान स्थगित गरेको हो ।

क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्चबाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

मार्च १७ तारिख र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने छ तथा मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच निजी लगानीको हिमालय एयरलाइन्सले पनि आगामी मार्च ३१ सम्म क्वालालम्पुर गन्तब्यको उडान स्थगित गरेको सूचनामार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : २० बजे

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा 

काठमाडौं– देशभर मौसम बदली भई काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा सुरु

मन्त्रिपरिषदमा दोहोरिएका यी चार अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाहसहित १५