कोरोना भाइरसबारेका गलत सूचनाबिरुद्ध सामाजिक सञ्जाल कम्पनी एक हुने « Khabarhub

कोरोना भाइरसबारेका गलत सूचनाबिरुद्ध सामाजिक सञ्जाल कम्पनी एक हुने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहँदा त्यसकाविरुद्ध आइरहेका गलत सूचना रोक्न फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल कम्पनिहरु एकजुट हुने भएका छन् ।

सामाजिक संजालहरुमा भ्रामक र गलत सूचनाहरु आउने क्रम जारी रहेका बेला यसलाई रोक्न टेक कम्पनीहरु संयुक्तरुपमा नै लाग्ने भएका हुन् ।

संयुक्त सहकार्यमा फेसबुक, गूगल, लिंक्डइन, माइक्रोसफ्ट, रेडिट, ट्विटर र यूट्यूब रहेका छन् ।

 ‘हामी अन्य कम्पनीहरुलाई पनि हाम्रो कम्यूनिटीहरुलाई स्वस्थ र सुरक्षित राख्न सहकार्य गर्न अनुरोध गर्दछौं,’ फेसबुकले निकालेको विज्ञप्तिमा भनिएको छ ।

सोशल मिडिया कम्पनीहरुले कोभिड १९ को बारेमा हुने फ्रड, गलत जानकारीहरुलाई रोक्न संयुक्तरुपमा काम गरिरहेको भन्दै आधिकारीक कन्टेन्टहरु मात्र सो प्लेटफर्ममा राखिने बताएका हुन् ।

सामाजिक संजाल कम्पनीहरुले आफ्नो प्लेटफर्ममा भ्रामक किसिमका विज्ञापनहरु राख्ने र मानिसहरुमा त्रास फैलाउने किसिमका विज्ञापनहरुलाई रोक्ने छन् भने मेडिकल फेस मास्क बिक्रीको विज्ञापन अस्थाई रुपमा रोक्नेछन् ।

यसका साथै २ करोड अमेरिकी डलर कोभिड १९ विरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनलाई सहयोग दिने घोषणा समेत उनिहरुले गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ३६ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको