कोरोना भाइरसबारेका गलत सूचनाबिरुद्ध सामाजिक सञ्जाल कम्पनी एक हुने « Khabarhub

कोरोना भाइरसबारेका गलत सूचनाबिरुद्ध सामाजिक सञ्जाल कम्पनी एक हुने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहँदा त्यसकाविरुद्ध आइरहेका गलत सूचना रोक्न फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जाल कम्पनिहरु एकजुट हुने भएका छन् ।

सामाजिक संजालहरुमा भ्रामक र गलत सूचनाहरु आउने क्रम जारी रहेका बेला यसलाई रोक्न टेक कम्पनीहरु संयुक्तरुपमा नै लाग्ने भएका हुन् ।

संयुक्त सहकार्यमा फेसबुक, गूगल, लिंक्डइन, माइक्रोसफ्ट, रेडिट, ट्विटर र यूट्यूब रहेका छन् ।

 ‘हामी अन्य कम्पनीहरुलाई पनि हाम्रो कम्यूनिटीहरुलाई स्वस्थ र सुरक्षित राख्न सहकार्य गर्न अनुरोध गर्दछौं,’ फेसबुकले निकालेको विज्ञप्तिमा भनिएको छ ।

सोशल मिडिया कम्पनीहरुले कोभिड १९ को बारेमा हुने फ्रड, गलत जानकारीहरुलाई रोक्न संयुक्तरुपमा काम गरिरहेको भन्दै आधिकारीक कन्टेन्टहरु मात्र सो प्लेटफर्ममा राखिने बताएका हुन् ।

सामाजिक संजाल कम्पनीहरुले आफ्नो प्लेटफर्ममा भ्रामक किसिमका विज्ञापनहरु राख्ने र मानिसहरुमा त्रास फैलाउने किसिमका विज्ञापनहरुलाई रोक्ने छन् भने मेडिकल फेस मास्क बिक्रीको विज्ञापन अस्थाई रुपमा रोक्नेछन् ।

यसका साथै २ करोड अमेरिकी डलर कोभिड १९ विरुद्ध लड्नका लागि विश्व स्वास्थ्य संगठनलाई सहयोग दिने घोषणा समेत उनिहरुले गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ३६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले