कोरोनाभाइरस : इटालीमा तीन दिनदेखि दैनिक ३ सय भन्दा बढीको मृत्यु « Khabarhub

कोरोनाभाइरस : इटालीमा तीन दिनदेखि दैनिक ३ सय भन्दा बढीको मृत्यु


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इटालीमा कोरोनाभाइरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृत्यु हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा पनि इटालीमा कोरोना भाइरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

यसअघि मंगलबार एकै दिन ३ सय ४९ जनाको मृत्यु भएको इटालीमा सोमबार ३ सय ६८ जनाको मृत्यु भएको थियो ।

इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी थपिन थालेका छन् । मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । उपचार गराइरहेका २६ हजार मध्ये २ हजार जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको