एप्पल कम्पनीलाई फ्रान्सले गर्‍यो अहिलेसम्मकै धेरै जरिवाना « Khabarhub

एप्पल कम्पनीलाई फ्रान्सले गर्‍यो अहिलेसम्मकै धेरै जरिवाना


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्स सरकारको अमेरिकी टेक कम्पनी एप्पलाई अहिलेसम्मकै धेरै जरिवाना गरेको छ ।

टेक नियामक निकाय (प्राधिकारण) ले अमेरिकी टेक कम्पनी एप्पललाई फ्रान्सको इतिहासकै सबैभन्दा ठुलो जरिवाना लगाएको छ ।

एकाधिकार कायम गर्ने खोजेकोमा दूरसञ्चार प्राधिकरण फ्रान्सले एप्पललाई १.२ बिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो ।

प्राधिकारणले एप्पललाई फ्रान्सका दुई होलसेलरहरुसँग मिलेर मुल्य नियन्त्रण गर्न गरेको गैरकानूनी सम्झौताको विषयमा जरिवाना गरेको हो।

फ्रान्समा एप्पल सम्बन्धित यस घटनाको सुरुवात सन् २०१२ मा एबिकुसले फ्रान्स सरकारको टेक नियामक निकायलाई उजुरी गरेबाट भएको थियो ।

यसबारेमा प्राधिकरणले २०१२ देखि नै अनुसन्धान सुरु गरेको थियो । त्यस बखत उजुरी गर्ने रिसेलरले यहाँको होलसेलर एप्पलसँग मिलेको र एक अर्कासँग प्रतिस्प्रर्धा नगरेको आरोप लगाएका थिए ।

फ्रान्सेली टेक नियामक निकायका अनुसार एप्पलले आफ्ना साझेदारहरुसँग अनुचित व्यवहार गरेको र स्टोर रहेको तुलनामा कम मात्रामा आइप्याड लगायत सामानहरु उपलब्ध गराएको हो । यसबाट बजारमा प्रतिस्पर्धा कम हुनुका साथै यसले आधा समानको मुल्य नियन्त्रण भएको थियो ।

एप्पलले भने फ्रान्स सरकारले लगाएको यस जरिवानाकाविरुद्ध अदालतमा पुनरावेदनमा जाने जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ३६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर