टेकु अस्पतालमा भर्ना भएका बिरामीको कोरोनाभाइरस नेगेटिभ, दोस्रो चरण परीक्षण गरिँदै « Khabarhub

टेकु अस्पतालमा भर्ना भएका बिरामीको कोरोनाभाइरस नेगेटिभ, दोस्रो चरण परीक्षण गरिँदै


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल कोरोनाका आशंकामा आइसियुमा उपचारत एक विदेशी नागरिकको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाका अनुसार आइसीयुमा उपचारत विदेशी नागरिकको कोरोनाको परीक्षण नेगेटिभ आएको हो ।

कोरोनाका लक्षणहरुसँग मिल्ने लक्षण देखिएको र स्वास्थ्य अवस्थामा सुधार नभएकाले अस्पतालले ती व्यक्तिको पुनः परीक्षण गर्ने तयारी भइरहेका अस्पताले जनाएको छ ।

‘एकजनालाई आइसीयुमा राखिएको छ, पहिलो चरणको टेष्ट नेगेटिभ देखियो, फेरि टेष्ट गर्न स्याम्पल प्रयोगशालामा पठाइएको छ,’ डा बास्तोलाले खबरहबसँग भने, ‘अन्य ५ जना व्यक्ति पनि हाम्रो अस्पतालको आइसेलेसनमा हुनुहुन्छ ।’

कोरोनाकै आशंकामा शुक्रराज अस्पतालमा आइसोलेसनमा रहेका अन्य ५ जना मध्ये ३ जनामा कोरोना संक्रमण नेगेटिभ आएको छ भने दुई जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यस्तै कोरोनाकै आशंकामा पाटन अस्पतालमा पनि ३ जना आइसोलेसनमा रहेको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जनाकारी दिए । डा शर्माका अनुसार पाटन अस्पतालमा उनीहरुलाई हिजो (मंगलबार) भर्ना भएका हुन् ।

भर्ना भएकामध्ये दुईजना नेपाली नागरिक र एकजना म्यास्सिकन नागरिक रहेको डा शर्माको भनाइ छ । उनीहरुको कोरोना परीक्षणको रिपोर्ट आज (बुधबार) साँझ आउने छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि देशभरबाट मंगलबार मात्र २५ जनाको नमुना प्रयोगशालामा आएको छ ।

प्रयोशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार हिजो परीक्षणका लागि आएका स्याम्पल मध्ये १६ जनाको रिपार्ट नेगेभिट आएको र बाँकी ९ जनाको परीक्षण भइरहेको छ ।

प्रयोगशालाको तथ्यांकका अनुसार कोरोनाको आशंकामा हालसम्म ५ सय १२ वटा स्याम्पल परीक्षण गरिएको छ । ती मध्ये एउटा रिपोर्ट मात्र पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ०४ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा