टेकु अस्पतालमा भर्ना भएका बिरामीको कोरोनाभाइरस नेगेटिभ, दोस्रो चरण परीक्षण गरिँदै « Khabarhub

टेकु अस्पतालमा भर्ना भएका बिरामीको कोरोनाभाइरस नेगेटिभ, दोस्रो चरण परीक्षण गरिँदै


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल कोरोनाका आशंकामा आइसियुमा उपचारत एक विदेशी नागरिकको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाका अनुसार आइसीयुमा उपचारत विदेशी नागरिकको कोरोनाको परीक्षण नेगेटिभ आएको हो ।

कोरोनाका लक्षणहरुसँग मिल्ने लक्षण देखिएको र स्वास्थ्य अवस्थामा सुधार नभएकाले अस्पतालले ती व्यक्तिको पुनः परीक्षण गर्ने तयारी भइरहेका अस्पताले जनाएको छ ।

‘एकजनालाई आइसीयुमा राखिएको छ, पहिलो चरणको टेष्ट नेगेटिभ देखियो, फेरि टेष्ट गर्न स्याम्पल प्रयोगशालामा पठाइएको छ,’ डा बास्तोलाले खबरहबसँग भने, ‘अन्य ५ जना व्यक्ति पनि हाम्रो अस्पतालको आइसेलेसनमा हुनुहुन्छ ।’

कोरोनाकै आशंकामा शुक्रराज अस्पतालमा आइसोलेसनमा रहेका अन्य ५ जना मध्ये ३ जनामा कोरोना संक्रमण नेगेटिभ आएको छ भने दुई जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यस्तै कोरोनाकै आशंकामा पाटन अस्पतालमा पनि ३ जना आइसोलेसनमा रहेको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जनाकारी दिए । डा शर्माका अनुसार पाटन अस्पतालमा उनीहरुलाई हिजो (मंगलबार) भर्ना भएका हुन् ।

भर्ना भएकामध्ये दुईजना नेपाली नागरिक र एकजना म्यास्सिकन नागरिक रहेको डा शर्माको भनाइ छ । उनीहरुको कोरोना परीक्षणको रिपोर्ट आज (बुधबार) साँझ आउने छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणका लागि देशभरबाट मंगलबार मात्र २५ जनाको नमुना प्रयोगशालामा आएको छ ।

प्रयोशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार हिजो परीक्षणका लागि आएका स्याम्पल मध्ये १६ जनाको रिपार्ट नेगेभिट आएको र बाँकी ९ जनाको परीक्षण भइरहेको छ ।

प्रयोगशालाको तथ्यांकका अनुसार कोरोनाको आशंकामा हालसम्म ५ सय १२ वटा स्याम्पल परीक्षण गरिएको छ । ती मध्ये एउटा रिपोर्ट मात्र पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ०४ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई