फिल्म ‘स्त्री’ मा जस्तै भित्तामा लेखियो – ‘ओ कोरोना भोलि आउनू’ « Khabarhub

फिल्म ‘स्त्री’ मा जस्तै भित्तामा लेखियो – ‘ओ कोरोना भोलि आउनू’


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण संसारभर आतंक मच्चिएको छ । कोरोनाका कारण हजारौंले ज्यान गुमाइसकेका छन् ।

यतिबेला भने कोरोनाका कारण आत्तिएको वाराणसीको काशीका गल्लीहरुमा फिल्म ‘स्त्री’ मा जस्तै ओ कोरोना कल आना (ओ कोरोना भोलि आउनू) लेखिएको पोस्टर टाँस्न थालिएको छ ।

पर्खाल तथा भित्ताहरुमा लगाइएको यो विषय कतिपयका लागि आकर्षक विषय पनि बनेको छ । वाराणसीको भेलूपुर क्षेत्रका कतिपय गल्लीहरुमा दर्जनौंभन्दा बढी पर्खाल र भित्ताहरुमा यही लेखिएको छ ।

हिन्दी फिल्म ‘स्त्री’ मा पनि ओ स्त्री भोलि आउनू भनेर लेखिएको हुन्छ । फिल्ममा त्यो देखेर भूत बनेकी स्त्री घरभित्र आउँदैन भन्ने देखाइन्छ ।

पोस्टर छपाउने र टाँस्ने ती युवकले आफू फिल्मबाट प्रभावित भएर टाँसेको बताएका छन् ।

उनले मान्छेलाई कोरोनाबाट जोगिन चासो जगाउन यस्तो गरेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ५६ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण