फिल्म ‘स्त्री’ मा जस्तै भित्तामा लेखियो – ‘ओ कोरोना भोलि आउनू’ « Khabarhub

फिल्म ‘स्त्री’ मा जस्तै भित्तामा लेखियो – ‘ओ कोरोना भोलि आउनू’


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण संसारभर आतंक मच्चिएको छ । कोरोनाका कारण हजारौंले ज्यान गुमाइसकेका छन् ।

यतिबेला भने कोरोनाका कारण आत्तिएको वाराणसीको काशीका गल्लीहरुमा फिल्म ‘स्त्री’ मा जस्तै ओ कोरोना कल आना (ओ कोरोना भोलि आउनू) लेखिएको पोस्टर टाँस्न थालिएको छ ।

पर्खाल तथा भित्ताहरुमा लगाइएको यो विषय कतिपयका लागि आकर्षक विषय पनि बनेको छ । वाराणसीको भेलूपुर क्षेत्रका कतिपय गल्लीहरुमा दर्जनौंभन्दा बढी पर्खाल र भित्ताहरुमा यही लेखिएको छ ।

हिन्दी फिल्म ‘स्त्री’ मा पनि ओ स्त्री भोलि आउनू भनेर लेखिएको हुन्छ । फिल्ममा त्यो देखेर भूत बनेकी स्त्री घरभित्र आउँदैन भन्ने देखाइन्छ ।

पोस्टर छपाउने र टाँस्ने ती युवकले आफू फिल्मबाट प्रभावित भएर टाँसेको बताएका छन् ।

उनले मान्छेलाई कोरोनाबाट जोगिन चासो जगाउन यस्तो गरेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको