मन्त्री बिरामी परेपछि संसदीय समितिको बैठक स्थगित « Khabarhub

मन्त्री बिरामी परेपछि संसदीय समितिको बैठक स्थगित


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी बिरामी भएपछि संघीय संसद (प्रतिनिधि सभा)को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठक स्थगित भएको छ ।

बुधबारको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको र्शत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची तोकिएको छ । बुधबारको बैठकमा उक्त विधेयकलाई टुंगोमा पु¥याउन बाँकी विषयहरुमाथि छलफल गर्ने भनिएको थियो ।

समितिको अघिल्लो बैठकमा मन्त्री त्रिपाठीले विधेयकका सम्बन्धमा थप समय माग गरेका थिए ।

तर, वैठक शुरु हुनुभन्दा १० मिनेट अगाडि मात्रै मन्त्री बिरामी परेको सूचना आफूलाई प्राप्त भएको समिति सभापति शशी श्रेष्ठले बैठकमा जानकारी दिइन् ।

विधेयकमाथि छलफल गर्ने बैठकमा सम्बन्धित मन्त्री नै उपस्थित नभएको भन्दै समितिको बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : ५९ बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त