पोखराको जंगलमा ‘ट्रान्सपार्टी’ गर्ने ६ विदेशीसहित ७ जना पक्राउ « Khabarhub

पोखराको जंगलमा ‘ट्रान्सपार्टी’ गर्ने ६ विदेशीसहित ७ जना पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की प्रहरीले पोखरा महानगरपालिका–२३ चापाकोटस्थित एउटा कटेज नजिकको जंगलमा ‘ट्रान्सपार्टी’ गर्ने ६ जना विदेशी र १ जना नेपालीसहित ७ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति लागू औषध गाँजा सेवन गरी होहल्ला गर्ने विदेशीसहित नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्ने विदेशीमा ४ जना नर्वेली, १ जना जर्मन, १ जना स्वीडेनका नागरिक छन् । यस्तै, पोखारा महानगरपालिका–२३ चापाकोटमा रहेको एउटा कटेजका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कटेजका सञ्जालकसहित विदेशी नागरिकले लागू औषध सेवन गरी होहल्ला गरेपछि पक्राउ गरिएको हो ।

कटेजमा अन्य पर्यटकहरु समेत रहे पनि लागू औषध सेवन गर्नेलाई मात्र पक्राउ गरी हिरासतमा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ७ जनाविरुद्ध नै लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ३ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको