चीनद्वारा तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला « Khabarhub

चीनद्वारा तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा बसेर पत्रकारिता गर्दै आएका तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला गर्ने भएको छ ।

चीनको विदेश मन्त्रालयले बुधबार अमेरिकी पत्रिकाहरु न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वाशिंटन पोष्टका अमेरिकी पत्रकारहरुलाई १० दिन भित्र पत्रकारिता अनुमतिपत्र फिर्ता गरी देश छाड्न निर्देशन जारी गरेको हो ।

चीनको यो कदमबाट यी तीन पत्रिकामा काम गर्ने कम्तीमा १३ पत्रकारहरु देश निकालामा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि चिनियाँ विदेश मन्त्रालयले भने पछिल्लो कदमबाट प्रभावित हुने पत्रकारहरुको संख्या भने खुलाएको छैन ।

कागजात खोसिएका पत्रकारहरुले चीनको विशेष प्रशासन क्षेत्र मकाउ र हङकङमा बसेर पनि पत्रकारिता गर्न पाउने छैनन् ।

चीनमा आधारित रही पत्रकारिता गर्दै आएका विदेशी पत्रकारको समूह फोरेन करेस्पोन्डेन्ट क्लब अफ चाइनाले भने चिनियाँ कदमको आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि चिनियाँ कदमलाई दुर्भाग्यपूर्ण भन्दै यसबाट पछि हट्न चीनलाई आग्रह गरेका छन् ।

यसअघि पनि चीनले चिनविरुद्ध घृणा फैलाउने लेख लेखेको भन्दै तीन पत्रकारलाई देश निकाला गरेको थियो । यससँगै अमेरिकाले चिनियाँ सञ्चारमाध्यमहरुलाई विदेशी निकायहरुजस्तै दर्ता हुनुपर्ने प्रावधान लागू गरेको थियो ।

पछिल्लो समय चीन र अमेरिकाबीच कोरोना भाइरसका विषयलाई लिएर बाकयुद्ध चर्किरहेका बेला चीनले अमेरिकी पत्रकारहरुको कागजात खोस्ने निर्णय गरेको हो ।

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट शुरु भएको कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चीन क्रुद्ध बनेको थियो । त्यसको केही दिनअघि चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ताले वुहान शहरमा कोरोना भाइरस ल्याउन अमेरिकी सेनाको हात रहेको हुनसक्ने आरोप लगाएका थिए ।

दुई मुलुकहरु एक–अर्काका सञ्चारमाध्यमलाई पनि शंकाको दृष्टिले हेर्दै आएका छन् । चीनले निकै लामो समयदेखि अमेरिकी सञ्चारमाध्यमले चीनविरोधी भावना फैलाउने गरी समाचार सार्वजनिक गर्ने गरेको आरोप लगाउँदै आएको छ ।

अर्कोतर्फ अमेरिकाले भने चिनियाँ सञ्चारमाध्यमहरुले चिनियाँ कम्युनिष्ट पार्टीको प्रोपागाण्डा गर्ने गरेको आरोप लगाउने गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ४ : १६ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।