सार्वजनिक गाडीका धनीले बस चलाउनु अघि ‘डिस्इन्फेक्सन’ गर्नुपर्ने « Khabarhub

सार्वजनिक गाडीका धनीले बस चलाउनु अघि ‘डिस्इन्फेक्सन’ गर्नुपर्ने


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको सन्त्रास बढिरहँदा सरकारले भीडभाड गरी सार्वजनिक सवारी साधनमा यात्रा नगर्न अनुरोध गरेको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार सिंहदरवारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त निर्णयमा भनिएको छ – अब सार्वजनिक सवारीसाधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने । सबै सर्वसाधरण नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध नगर्ने ।

त्यस्तै सार्वजनिक सवारी साधनका सवारी धनीलाई यातायात चलाउनुअघि प्रत्येक दिन समय–समयमा ‘डिस्इन्फेक्सन’ गर्न लगाउने बैठकले निर्णय गरेको छ ।

कार्य अनुगमनको जिम्मा नेपाल प्रहरी र यातयात व्यवस्था विभागलाई दिने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : १८ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा