कोरोना भाइरसका कारण बंगलादेशमा पहिलो पटक एक जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण बंगलादेशमा पहिलो पटक एक जनाको मृत्यु


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा पहिलो पटक एक जनाको ज्यान गएको छ ।

बंगलादेशको समाचार संस्था द डेली स्टारले इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चलाई उद्धृत गर्दै बंगलादेशमा पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको जनाएको हो । मृतक ७० वर्षभन्दा बढी उमेरको रहेको जनाइएको छ ।

बंगलादेशका विभिन्न क्षेत्रमा हालसम्म १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा भने तीन पुरुष तथा एक महिला गरी ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ५ : २८ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले