कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या २ लाख नाघ्यो « Khabarhub

कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या २ लाख नाघ्यो


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख नाघेको छ ।

विश्वव्यापी कोरोना भाइरसका संक्रमितको तथ्यांक राख्दै आएको जोन्स होप्किन्स विश्वविद्यालयले विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख नाघेको जनाएको हो ।

यससँगै मृतकको संख्या पनि ८ हजार नाघेको छ । विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ६ पुगेको छ ।

विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित चीनका छन् । त्यसपछि इटाली र जर्मनीमा पनि संक्रमितको संख्या उच्च रहेको जनाइएको छ ।

दुई साता नबित्दै कोरोना भाइरसका संक्रमितको संख्या दोब्बर भएको हो । यसअघि मार्च ७ का दिन विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख कटेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ०४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा