प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा « Khabarhub

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय रुपैयाँ धरौटीमा तिरुवालाई रिहा गरेको हो । रिहाईपछि पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले तिरुवाको जिम्मा लिएका छन् ।

गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गरेका थिए ।

भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका प्रचण्डलाई जुत्ता प्रहारको प्रयास गरेपछि तिरुवालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : २६ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले