भारतसँग सीमा जोडिएको त्रिनगर नाकामा निगरानी कक्ष स्थापना « Khabarhub

भारतसँग सीमा जोडिएको त्रिनगर नाकामा निगरानी कक्ष स्थापना


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर भन्सार नाकामा आज निगरानी कक्ष स्थापना गरिएको छ ।

उक्त नाकाको कैलाली भन्सार कार्यालयको नवनिर्मित भवनमा धनगढी उपमहानगरपालिका कार्यालयको पहलमा स्वास्थ्यकर्मी र औषधिसहितको व्यवस्था गरी निगरानी कक्ष स्थापना गरिएको हो ।

निगरानी कक्षमा तत्कालका लागि तीन वटा श्यया राखिएकामा आवश्यकताअनुसार थप श्ययाको व्यवस्था पनि गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

निगरानी कक्षमा आवश्यक औषधि र स्वास्थ्य परीक्षण गर्ने उपकरणसहित चौबिसै घण्टा स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ ।

निगरानी कक्षको प्रयोजनका लागि अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ । उपमहानगरपालिकाले गएको फागुन २४ गतेदेखि नै कैलाली भन्सार नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट नेपाल भित्रिने नागरिकको नियमितरुपमा स्वास्थ्य परीक्षण गरिरहेको छ ।

यसैबीच कोरोना भाइरस रोकथामका लागि सतर्कता अपाउने विषयमा आज उपमहानगरपालिकाको पहलमा बसेको बहुसरोकारवालाको बैठकमा धनगढी बजारका मुख्य चोकका साथै बसबिसौनीमा पानीको व्यवस्थापन गरी आवागमन गर्नेलाई हात धुने व्यवस्था मिलाउने, रोग रोकथामका लागि चेतना अभिवृद्धि गर्न प्रचारप्रसार गर्ने लगायतका निर्णय गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : १५ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा