कोरोनाबाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन राष्ट्रसंघको निर्देशन « Khabarhub

कोरोनाबाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन राष्ट्रसंघको निर्देशन


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघले कोभिड– १९ सम्भावित सङ्क्रमणबाट जोगिन शान्ति सैनिकलाई नियन्त्रणात्मक र निषेधात्मक उपाय अवलम्बन गरी उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघ न्यूयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भएको र सैनिक मुख्यालय जङ्गीअड्डाबाट समेत शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकलाई निरन्तर आवश्यक निर्देशन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

विश्वव्यापीरुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन शान्ति मिसनमा तैनाथ नेपाली सेनाद्वारा सचेतना कार्यक्रम र सङ्क्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ ।

हाल विश्वका ११ वटा मुलुकमा पाँच हजार १०१ जना नेपाली शान्ति सैनिक कन्टिन्जेन्ट र सैनिक पर्यर्वेक्षण कार्यमा संलग्न रहेको सेनाले जानकारी दिएको छ । सङ्क्रमणको जोखिमको मूल्याङ्कन गरी नेपाली शान्ति सैनिकद्वारा आफ्ना कार्यसञ्चालन तथा अन्य गतिविधि सीमित गरिएको एवं स्थानीय बासिन्दालाई समेत लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

दक्षिण सुडानले एशियाली पाँच मुलुक जनवादी गणतन्त्र चीन, भारत, कम्बोडिया, दक्षिणकोरिया र नेपालका शान्ति सैनिकको हवाई आवागमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिक तयारी हाललाई स्थगन भएको छ ।

सेनाले मिसनमा तैनाथ हुन जाने शान्ति सैनिकलाई तैनाथ पूर्वसचेतना कार्यक्रम सञ्चालन गर्ने, आवश्यक मेडिकल उपकरण र जनशक्तिको व्यवस्था गर्ने काम गरिरहेको छ ।

स्वास्थ्य परीक्षण गरी कोरोनामुक्त भएको यकीन गरेपछि मात्र मिसनमा तैनाथ गर्नका लागि आवश्यक व्यवस्था मिलाएको जानकारी राष्ट्रसंघ मिसन हेडक्वार्टरमार्फत दक्षिण सुडान सरकारलाई गराइसकेको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ०८ बजे

गाजामा बायरन आँधी : दुई लाख भन्दा बढी प्रभावित

एजेन्सी– प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो

ताइवानतिर चीनले हान्यो रकेट

काठमाडौं- चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका

चितवनमा थपिए ३४ मतदान केन्द्र

चितवन– प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि जिल्लामा ३४ मतदान केन्द्र

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका– बंगलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार