कोरोनाबाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन राष्ट्रसंघको निर्देशन « Khabarhub

कोरोनाबाट बच्न शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन राष्ट्रसंघको निर्देशन


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघले कोभिड– १९ सम्भावित सङ्क्रमणबाट जोगिन शान्ति सैनिकलाई नियन्त्रणात्मक र निषेधात्मक उपाय अवलम्बन गरी उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघ न्यूयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भएको र सैनिक मुख्यालय जङ्गीअड्डाबाट समेत शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकलाई निरन्तर आवश्यक निर्देशन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

विश्वव्यापीरुपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन शान्ति मिसनमा तैनाथ नेपाली सेनाद्वारा सचेतना कार्यक्रम र सङ्क्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ ।

हाल विश्वका ११ वटा मुलुकमा पाँच हजार १०१ जना नेपाली शान्ति सैनिक कन्टिन्जेन्ट र सैनिक पर्यर्वेक्षण कार्यमा संलग्न रहेको सेनाले जानकारी दिएको छ । सङ्क्रमणको जोखिमको मूल्याङ्कन गरी नेपाली शान्ति सैनिकद्वारा आफ्ना कार्यसञ्चालन तथा अन्य गतिविधि सीमित गरिएको एवं स्थानीय बासिन्दालाई समेत लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

दक्षिण सुडानले एशियाली पाँच मुलुक जनवादी गणतन्त्र चीन, भारत, कम्बोडिया, दक्षिणकोरिया र नेपालका शान्ति सैनिकको हवाई आवागमनमा रोक लगाएसँगै उक्त देशमा तैनाथ हुन जाने शान्ति सैनिक तयारी हाललाई स्थगन भएको छ ।

सेनाले मिसनमा तैनाथ हुन जाने शान्ति सैनिकलाई तैनाथ पूर्वसचेतना कार्यक्रम सञ्चालन गर्ने, आवश्यक मेडिकल उपकरण र जनशक्तिको व्यवस्था गर्ने काम गरिरहेको छ ।

स्वास्थ्य परीक्षण गरी कोरोनामुक्त भएको यकीन गरेपछि मात्र मिसनमा तैनाथ गर्नका लागि आवश्यक व्यवस्था मिलाएको जानकारी राष्ट्रसंघ मिसन हेडक्वार्टरमार्फत दक्षिण सुडान सरकारलाई गराइसकेको सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ९ : ०८ बजे

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र