स्पेनमा एकै दिन ६८७ को मृत्यु « Khabarhub

स्पेनमा एकै दिन ६८७ को मृत्यु


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको स‌ंख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख ९० हजार ८३९ जना कोरोना संक्रमित बनेका छन् । जसमध्ये ७४ हजार ७९७ जना उपचारपछि घर फर्किएका छन् ।

९६ हजार ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचार गरिरहेका मध्ये ७ हजार ३७१ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाका देशमा तीव्र फैलिएको छ । शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १२६ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ६५३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख ४८ हजार ३७ पुगेको छ । एकैदिन ८५ हजार ६७० नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ५ लाख ७० हजार ७९२ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख २३ हजार ११९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ५६ हजार ९६७ जनाको अवस्था गम्भीर छ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ६ : ०९ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर