सीमा क्षेत्रका नागरिक रातभर जागराम « Khabarhub

सीमा क्षेत्रका नागरिक रातभर जागराम


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- कपिलवस्तुका सीमावर्ती क्षेत्रका नागरिक रातभर जाग्राम बस्ने गरेका छन । नेपाल भारत सिमाना नजीकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना सङ्क्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले सीमानाका पूर्ण रुपले बन्द गरे पनि सर्वसाधारण राति लुकेर नेपाल प्रवेश गर्ने गरेकाले सीमावर्ती गाउँका बासिन्दाले तिनमाथि निगरानी राखेका हुन् ।

कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाकाअन्तर्गतका अधिकांश गाउँमा मानिस जागराम बस्ने गरेको स्थानीय अगुवा रफिक मुसलमानले जानकारी दिए ।

ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भागवनपुर, बाराईपुर, गणेशपुरलगायत गाउँका युवाले पालैपालो रातभर पहरा गरिरहेको युवक रामप्रकट कोरीले बताए ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिए पनि अधिकांश चोरनाकाबाट भारतीय नेपाल पस्ने गरेकाले राति बस्नु परेको कोरीले बताए ।

कपिलवस्तुको सिमाना भारतसँग ९३ किलोमिटर खुला भई कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकाले अहिले सिमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ९ : ३९ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका