काठमाडौंबाट विज्ञ टोली भेरी अस्पताल पुग्यो « Khabarhub

काठमाडौंबाट विज्ञ टोली भेरी अस्पताल पुग्यो


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- भेरी अस्पतालमा कोभिड—१९संक्रमणको परीक्षणका लागि आवश्यक चाँजोपाँजो मिलाउन काठमाण्डौंबाट विज्ञसहितको टोली आइपुगेको छ ।

शुक्रबार अपरान्ह नेपालगञ्ज पुगेको टोलीले स्वाब परीक्षणको प्रक्रियागत विषयमा सो अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरिसकेको छ ।

पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिविज्ञ सुलभ आचार्यसहितको टोलीले ‘भ्यालिडेट’ दिएपछि मात्र स्वाब परीक्षण शुरु हुने अस्पताल प्रमुख डा. प्रकाशबहादुर थापाले बताए ।

टोलीले पिसिआर ल्याबको निरीक्षण, उपकरणको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिने काम अहिले गरिरहेको छ । ‘आज साँझसम्म हामी एउटा स्वाब परीक्षण गर्छौँ, उपकरणले दुरुस्त काम ग¥यो भने सम्भवतः आइतबार बिहानैवाट नियमित परीक्षण शुरु हुनेछ’—डा. थापाले भने ।

भेरी अस्पतालमा पिसिआर उपकरण एक साताअघिनै जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले सुरु हुन ढिलाइ भएको हो ।
बाँकेमा आरटीडी र पीसीआर विधिबाट ४८३ जनाको कोरोना भाइरस नमूना जाँच गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ७ : २० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्