प्रदेश-५ मा कोरोना संक्रमितको उपचारका लागि थप आइसोलेशन सेन्टर स्थापना « Khabarhub

प्रदेश-५ मा कोरोना संक्रमितको उपचारका लागि थप आइसोलेशन सेन्टर स्थापना


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं ५ का कोरोना प्रभावित जिल्लामा संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारको व्यवस्थापनका लागि प्रदेश सरकारले कोरोना आइसोलेशन सेन्टरको स्थापना र क्वारेन्टिनको थप व्यवस्थापन शुरु गरेको छ ।

प्रदेश सरकारले हाल विभिन्न जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिनका सुविधा र पूर्वाधारको व्यवस्थापनको अवस्थाको विश्लेषण गरी आइसोलेशन सेण्टरका रुपमा विकास गर्न प्रदेश सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समन्वयको जिम्मेवारी तोकेको छ ।

प्रदेशका खासगरी तराईका जिल्लामा कोरोना संक्रमित बढ्दै जान थालेपछि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आज बसेको प्रादेशिक कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बाँके जिल्लामा संक्रमित उल्लेख्य रुपमा वृद्धि भएकाले नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताललाई कोभिड विशेष अस्पतालका रुपमा प्रयोग गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

यस्तै कोरोना संक्रमितको उपचारका लागि नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा सञ्चालनमा ल्याउनका लागि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने जिम्मेवारी प्रदान गरिएको छ ।

यसका साथै भारतबाट नेपाल आउने व्यक्ति बढ्दै गएका अवस्थामा हालसम्म पनि क्वारेन्टिनको व्यवस्था नगरेका नेपाल भारत सीमा क्षेत्र भन्सार नाकामा रहेका स्थानीय पालिकालाई प्राथमिकताका साथ कम्तीमा एक हजार शय्याको क्वारेन्टिन तयार गर्न र भारतबाट आफ्नो पालिकामा आउन सक्ने व्यक्तिको आकलन गरी त्यसरी आउनेलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने गरी आवश्यक पूर्वतयारी गर्न भनिएको छ ।

रुपन्देही जिल्लामा कोभिड १९ संक्रमण बढ्दो देखिएकाले लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एक सय र भीम अस्पताल भैरहवामा थप ५० आइसोलेशन बेड तयार गरी सञ्चालनमा ल्याइनेसमेत निर्णय भएको छ । यसका साथै तराईका जिल्लामा कम्तीमा दुई सय र पहाडी जिल्लामा कम्तीमा ५० शय्याको आइसोलेशन सेण्टर जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रले जिल्लाअन्तर्गतका पालिकासँग समन्वय गरी निर्माण गर्ने निर्णय गरिएको प्रेस सल्लाहकार केसीले जानकारी दिए ।

कोभिड १९ को प्रभाव बढी देखिएका जिल्लाका स्थानीय तहमा परीक्षणको दायरा वढाउने र बिरामीसँग सम्पर्कमा रहनेहरुको समेत खोजतलास गरी उनीहरुको पनि परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

बुटवलस्थित एन्फाको भवन र कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीको भवनलाई आइसोलेश्न अस्पतालका रुपमा प्रयोगमा ल्याउने व्यवस्था जिल्लास्थित कोरोना संकट व्यवस्थापन केन्द्रले तथा त्यसको भौतिक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरपालिका र सामाजिक विकास मन्त्रालयलाई सञ्चालन व्यवस्थापन मिलाउने जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले संक्रमण थप फैलिन नदिन प्रदेशका सीमा नाका प्रयोग गरी आउने व्यक्तिको जाँच र निगरानीमा सुरक्षा निकायले आवश्यक थप कडाइ गर्ने, प्रदेशका तराईका जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गएका सन्दर्भमा बन्दाबन्दीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने र सीमानाकाबाहेकका अन्य स्थानबाट लुकिछिपी नेपाल प्रवेश गर्ने कार्यलाई प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षा निकाय परिचालन गरी पूर्ण रुपमा नियन्त्रण र निषेध गर्न भनिएको छ ।

सार्वजनिक निर्माणलाई पुनःसञ्चालन गर्न जिल्लाभित्र विकाससँग सम्बन्धित सवारी तथा ढुवानीका साधनलाई आवश्यकतानुसार सञ्चालनको व्यवस्था मिलाइने भएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ११ बजे

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर