चीनमा फेरि भेटिए कोरोना भाइरसका संक्रमित « Khabarhub

चीनमा फेरि भेटिए कोरोना भाइरसका संक्रमित


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनमा आइतबार पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा शुक्रबार यता नयाँ संक्रमित भेटिएका हुन् ।

आइतबार त्यहाँ ६ जना नयाँ संक्रमित भेटिएका हुन् । यसअघि शनिबार ८ जना र शुक्रबार ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

गत अप्रिल ३ तारिखयता यही २५ अप्रिलमा १४ जनामा संक्रमण देखिएको चीनमा शुक्रबारदेखि पुनः संक्रमण देखिन थालेको हो ।

योसँगै त्यहाँ संक्रमित हुनेको कुल संख्या ८२ हजार ९४७ पुगेको छ । चीनमा अहिलेसम्म ७८ हजार २२७ जना संक्रमण मुक्त भएका छन् भने ८७ जना संक्रमितको उपचार भइरहेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनको वुहानमा गत वर्षको डिसेम्बर ३१ देखि संक्रमण फैलिएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ६ : ११ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका