कोरोना भाइरसले खाडी मुलुकमा ६९३ को मृत्यु, १ लाख ३७ हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ६९३ को मृत्यु, १ लाख ३७ हजारभन्दा बढी संक्रमित


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६९३ जनाको मृत्यु भएको छ भने १ लाख ३७ हजार ७०६ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३१२ जनाको मृत्यु भएको छ । त्यहाँ ५४ हजार ७५२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २२० जनाको मृत्यु भएको छ भने २३ हजार ३५८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ११२ जनाको मृत्यु भएको छ भने १४ हजार ८५० जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा २२ जनाको मृत्यु भएको छ भने ५ हजार १८६ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३२ हजार ६०४ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ९५६ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ५१ बजे

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको