कोरोना भाइरसले खाडी मुलुकमा ६९३ को मृत्यु, १ लाख ३७ हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरसले खाडी मुलुकमा ६९३ को मृत्यु, १ लाख ३७ हजारभन्दा बढी संक्रमित


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ६९३ जनाको मृत्यु भएको छ भने १ लाख ३७ हजार ७०६ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ३१२ जनाको मृत्यु भएको छ । त्यहाँ ५४ हजार ७५२ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २२० जनाको मृत्यु भएको छ भने २३ हजार ३५८ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ११२ जनाको मृत्यु भएको छ भने १४ हजार ८५० जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा २२ जनाको मृत्यु भएको छ भने ५ हजार १८६ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कतारमा १५ जनाको मृत्यु भएको छ भने ३२ हजार ६०४ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १२ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ९५६ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ७ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना