भारतको रामपुरमा अलपत्र परेका बझाङका ९३ नेपालीको उद्धार « Khabarhub

भारतको रामपुरमा अलपत्र परेका बझाङका ९३ नेपालीको उद्धार


५ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिकाका ९३ जना गाउँ पुगेका छन् ।

अलपत्र रहेका थलारावासीलाई गाउँपालिकाको टोलीले विभिन्न निकायसँग समन्वय गरी उद्धार गरेको हो ।

भारतको दिल्लीबाट चैत ११ गते घर फर्किनका लागि आएका उनीहरुलाई भारत सरकारले बिचबाटोमा रोकेर रामपुरको क्वारेन्टाइनमा ५० दिनसम्म राखेको थियो ।

अलपत्र परेका नागरिकलाई उद्धार नगरेको भन्दै चौतर्फी आलोचना भएपछि गाउँपालिकाका सबै राजनीतिक दल र जनप्रतिनिधिको पहलमा भारतको गौरीफन्टा नाकामा पुर्‍याएपछि गाउँपालिकाले ५३ दिनपछि उद्धार गरी गाउँ ल्याएको हो ।

गाउँ पुगेपछि उहाँहरुले निकै खुशी हुँदै आफूहरुमा कोरोनाको सङ्क्रमण नभएकोमा ढुक्क भएकोसमेत बताएका छन् ।

१० वर्षदेखि भारतको फरिदाबादमा चौकीदारी गर्दै आएका थलारा गाउँपालिका–१ का बहादुर थापाले भने, ‘५० दिनसम्म निकै कष्टकर समय बिताउनुपर्यो, कोरोनाको त्रासले भारत सरकारले समेत लकडाउन गरेपछि घर जाउँ भनी सबै फर्किएका थियौँ तर भारत सरकारले भारतको बरेलीमा रोकेर फेरि ६५ किलोमिटर फर्काएर रामपुरमा लगेर राखेको थियो ।’

गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले आफूहरुले निरन्तर पाँच दिनसम्म भारतीय दूतावास, कैलाली जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरी भारतबाट उद्धार गरी गाउँसम्म ल्याएको जानकारी दिए ।

उद्धार गरी ल्याइएकालाई अब गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षण गरेपछि मात्र घर पठाइने उनले बताए।

प्रकाशित मिति : ५ जेठ २०७७, सोमबार  ८ : ५६ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर